झापा । बिर्तामोड नगरपालिकामा आएको सरकारी गाडीमा नमूना मतपत्र भेटिएपछि विवाद भएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाको गाडीमा नमूना मतपत्र भेटिएपछि त्यहाँ विवाद भएको हो । मतपत्र भेटिएपछि बिर्तामोड नगरपालिका अगाडि गठबन्धनका कार्यकर्ताले गाडी रोक्दा हुलदंगा भएको छ ।
सो गाडीको प्रहरीले कडा सुरक्षा दिएको छ ।
अहिले बिर्तामोड नगरपालिका अगाडि नेपाली प्रहरी, सशस्त्र प्रहरीको संख्या बढाइएको छ । गाडीमा मतपत्रको ठेली भेटिएको छ । नमूना मतपत्रको ठेली सरकारी गाडीमा भेटिनु र भित्र नगरपालिकाको करारका कर्मचारीमार्फत मतगणना भइरहेकोले निष्पक्षता नभएको गठबन्धन दलको आरोप छ।
Facebook Comments Box