झापा । झापाको कनकाई नगरपालिकामा नेपाली कांग्रेसबाट बिद्रोह गरेर मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले अग्रता कायम राखेका छन्।
१८७६ मत गन्दा थापाले ८३१ मत प्राप्त गरेका छन्। भइरहेको मतगणनामा पनि उनले अग्रता बढाइरहेको बताइएको छ।
नेकपा एमाले उम्मेदवार राजेन्द्र पोखरेलले ५३८ मत प्राप्त गरेका छन्। थापाले २९३ मतले अग्रता कायम राखेका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २०८ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले ३८ मत प्राप्त गरेका छन्।
उपमेयरको मतगणना गर्दा नेकपा एमालेकी उम्मेदवार मञ्जु प्रसाईंले ६७६ मत प्राप्त गरेकी छिन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्माले ५३२ मत प्राप्त गरेकी छिन्।
राप्रपाकी उम्मेदवार सचित्रा खनाल चुँडालले १३३ मत पाएकी छिन्। एकीकृत समाजवादीकी अम्बिका उप्रेतीले ५१ मत प्राप्त गरेकी छिन्।