झापा । झापाको कनकाई नगरपालिकामा नेपाली कांग्रेसबाट बिद्रोह गरेर मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले अझै अग्रता बढाएका छन्।
३५७० मत गन्दा थापाले १५१९ मत प्राप्त गरेका छन्।
नेकपा एमाले उम्मेदवार राजेन्द्र पोखरेलले १०२१ मत प्राप्त गरेका छन्। थापाले ४९८ मतले अग्रता कायम राखेका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २४४ मत प्राप्त गरेका छन्।
Facebook Comments Box