झापा । झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ । अहिले सम्म २७५६ मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले १३७२ मत ल्याउँदै अग्रता लिएका छन् ।
उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मी मैनालीले १०९६ मत पाएकी छन् ।
त्यसैगरी, अध्यक्ष पदमा एमालेका डम्बर बहादुर गिरीले ८५५ मत, काँग्रेसका तुलसी प्रसाद ओलीले २३० मत र माओवादी भवानीप्रसाद दंगालले ८० मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा एमालेकी शान्तादेवी गौतमले ८३५ मत, राप्रपाकी लक्ष्मी देवी मैनालीले १०९६ मत, माओवादीकी टिकादेवी राउतले १२५ र मत ल्याएका छन् ।
Facebook Comments Box