झापा । झापाको कनकाई नगरपालिकाको स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका शेरबहादुर थापाले अग्रता झनै बढाएका छन् ।
२११८ मत गन्दा थापाले ९४८ मत प्राप्त गरेका छन् । उनले एमालेका राजेन्द्र पोखरेललाई ३ सय ५७ मतले पछि पारेका हुन् । राजेन्द्रले ५९१ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २४२ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले ८० मत प्राप्त गरेका छन् ।
Facebook Comments Box