झापा । झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले मतान्तर बढाएका छन्।
अहिलेसम्म ४५७० मतगणना गर्दा थापाले १९५१ मतसहित अग्रता कायमै राखेका छन्।
थापा एमालेका राजेन्द्र पोखरेल भन्दा ६३० मतले अगाडि छन्। एमालेका पोखरेलले १३२१ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ५७८ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले २०१ मत प्राप्त गरेका छन् ।
Facebook Comments Box