Author: admin
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा नेकपा (एमाले)को प्यानल निर्वाचित भएको छ। एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका अग्निप्रसाद पाण्डे निर्वाचित भएका हुन्। यस अघि पनि उनी सोही वडाका वडाध्यक्ष थिए। उनले काँग्रेस माओवादी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका बलराम कार्कीलाई २४६ मतान्तरले पराजित गरे। पाण्डेले १४६९ मत ल्याउँदा कार्कीले १२२३ मत ल्याएका छन्। कार्की बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्। त्यस्तै वडा सदस्यहरूमा एमालेका योगचन्द्र आङवुहाङ्ग, टेक बहादुर अधिकारी, यमुनादेवी आचार्य र कमला महरा दर्जी निर्वाचित भएका छन्।
झापा । भद्रपुरमा काँग्रेस–माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै राप्रपाले विजयी सुरुवात गरेको छ । भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल नै जितेको छ । राप्रपाबाट उम्मेदवार बनेका ३४ वर्षीय युवा हेमबहादुर कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका शमशेर तामाङ र एमालेका कमला थुलुङलाई पराजित गरेका हुन् । तामाङ काँग्रेसका वडा सभापति हुन भने थुलुङ निवर्तमान वडा अध्यक्ष हुन् । कार्कीले १०१४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तामाङले ९४५ र थुलुङले ८३७ मत ल्याएका छन् । त्यस्तै खुला वडा सदस्यमा राप्रपाबाट पूर्णमाया सुब्बा लिम्बु ९५५ र मुदिलाल गणेश ९७३…
काठमाडौं । नेकपा एमालेले निर्वाचनमा जसरी पनि जित्न सत्ता गठबन्धनले धाँधलीको सहारा लिएको आरोप लगाएको छ। मतगणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी रहेको बेला एमालेले सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको प्रतिकृया दिएको हो। आइतवार जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ। यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ। निर्वाचन आयोगको ध्यानाकर्षणका बीच गठबन्धन दलका नेताहरुको निरन्तर आचारसंहिता विपरीत कार्यप्रति एमाले खेद व्यक्त गर्दछ।’ निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र आफ्नो…
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको वडा झापाको हल्दीबारी गाउँपालिकाको वडा नम्बर १ मा राप्रपाको प्यानल नै विजयी भएको छ। वडाध्यक्षका लागि राप्रपाका उम्मेदवार देवी थापाले १९६८ मत ल्याएर विजयी भएक छन्। त्यस्तै महिला सदस्यमा शान्ता शिवाकोटीले १७७१ मत ल्याएर विजयी भएकी छिन्। दलित महिला सदस्यमा रुपादेवी रसाइली २०३८ मत ल्याएर विजयी भएकी छिन् भने वडा सदस्यमा कूलबहादुर बान्तवा १९४१ मत ल्याएर विजयी भएका छन्। त्यस्तै वडा सदस्यमै प्रकाशकुमार कार्कीले १९७४ मत ल्याएर निर्वाचित भएका छन्। जम्मा ४७५१ मत गन्दा गाउँपालिकाको अध्यक्षका उम्मेदवार राप्रपाका रविन्द्र लिङ्देनले २४३७ मत ल्याएर अग्रता लिइरहेका छन्। अहिलेसम्मको मत परिणाममा अध्यक्षका लागि एमालेका…
झापा । झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले मतान्तर बढाएका छन्। अहिलेसम्म ६४२१ मतगणना गर्दा थापाले २७३६ मतसहित अग्रता कायमै राखेका छन्। थापा एमालेका राजेन्द्र पोखरेल भन्दा ८६० मतले अगाडि छन्। एमालेका पोखरेलले १८७६ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ८११ मत प्राप्त गरेका छन्।
काठमाडौं । पालिका चुनावमा निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् । एमाले १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका २. मनाङ ङिस्याङ गाउँपालिका ३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४. मनाङको चामे गाउँपालिका ५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ ६. लोमन्थाङ गाउँपालिका मुस्ताङ ७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) ८. बझाङको साइपाल गाउँपालिका ९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका नेपाली कांग्रेस : १. गुल्मीको गुल्मीदरबार गाउँपालिका २. डडेलुधराको गन्यापधुरा गाउँपालिका ३. मुस्ताङको घरपझोङ गाउँपालिका ४. मनाङको नार्पाभूमि गाउँपालिका ५.गुल्मीको रेसुङ्गा नगरपालिका ६.…
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राखेका छन्। ५ हजार ९८३ मतगणना हुँदा साहले २ हजार २३८ मत पाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितको मत १ हजार २१९ रहेको छ। यस्तै गठबन्धनतर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १ हजार ८१ पाएकी छन्। अहिले काठमाडौंमा ५ वटा वडाको मतगणना भइरहेको। १, २, ३, ४ र ३२ नं वडाको मतगणना भइरहेको हो।
झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा काँग्रेसको मतान्तर बढदै गएको छ। अहिलेसम्म ५५४६ मत गन्दा मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका गणेश पोखरेलले १९०२ मत ल्याएका छन्। नेकपा एमालेका असारु राजवंशीले १५०० मत ल्याएका छन्। राप्रपाका नवराज पनेरुले १३३५ मत प्राप्त गरेका छन्। उपमेयर पदमा माओवादी केन्द्रका शिवकुमार राजभण्डारी १७५६ मत प्राप्त गरेका छन्। एमालेकी कौशिल्या अधिकारीले १४३३, राप्रपाकी राधा कार्कीले १३७० मत ल्याएका छन्।
झापा । कही समय अघिसम्म अग्रता लिएकी झापाको दमक नगरपालिकाकी एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारी अहिले पछि परेकी छिन्। पछिल्लो मत परिणाम अनुसार मेयर पदका उम्मेदवार राम थापाले अहिले अग्रता लिएका छन्। ४५४१ मत गन्दा थापाले १९६८ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याएकी छन्। त्यस्तै, उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र एमालेका अम्बिकाप्रसाद खनालले १७५६ मत ल्याएका छन्।
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीले अग्रता कायम राखेकी छिन्। हालसम्मको मतपरिणाम अनुसार अधिकारीले १७३२ मत प्राप्त गरेकी छिन्। राप्रपासहितको गठबन्धनका उम्मेदवार राप्रपाका राम थापाले १६४८ मत ल्याएका छन्। त्यस्तै उपमेयरमा गठबन्धनकी उम्मेदवार कांग्रेसकी रेगिना भट्टराईले १६४० मत ल्याउँदै अग्रता लिएकी छिन्। एमालेका अम्बिका खनालले १५०९ मत ल्याएका छन्।