काठमाडौं । पालिका चुनावमा निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
नतिजाअनुसार अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् ।
एमाले
१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२. मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ
६. लोमन्थाङ गाउँपालिका मुस्ताङ
७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
८. बझाङको साइपाल गाउँपालिका
९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
नेपाली कांग्रेस :
१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेलुधराको गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४. मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका
नेकपा माओवादी केन्द्र
१. दैलेखको नौमुले गाउँपालिका
२. डोल्पाको जगदुल्लाह गाउँपालिका
३. बाग्लुङको ताराखोला गाउँपालिका
नेकपा (एकीकृत समाजवादी )
१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)