काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राखेका छन्।
५ हजार ९८३ मतगणना हुँदा साहले २ हजार २३८ मत पाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितको मत १ हजार २१९ रहेको छ।
यस्तै गठबन्धनतर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १ हजार ८१ पाएकी छन्। अहिले काठमाडौंमा ५ वटा वडाको मतगणना भइरहेको। १, २, ३, ४ र ३२ नं वडाको मतगणना भइरहेको हो।
Facebook Comments Box