झापा । झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले मतान्तर बढाएका छन्।
अहिलेसम्म ६४२१ मतगणना गर्दा थापाले २७३६ मतसहित अग्रता कायमै राखेका छन्।
थापा एमालेका राजेन्द्र पोखरेल भन्दा ८६० मतले अगाडि छन्। एमालेका पोखरेलले १८७६ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ८११ मत प्राप्त गरेका छन्।
Facebook Comments Box