झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको वडा झापाको हल्दीबारी गाउँपालिकाको वडा नम्बर १ मा राप्रपाको प्यानल नै विजयी भएको छ।
वडाध्यक्षका लागि राप्रपाका उम्मेदवार देवी थापाले १९६८ मत ल्याएर विजयी भएक छन्। त्यस्तै महिला सदस्यमा शान्ता शिवाकोटीले १७७१ मत ल्याएर विजयी भएकी छिन्।
दलित महिला सदस्यमा रुपादेवी रसाइली २०३८ मत ल्याएर विजयी भएकी छिन् भने वडा सदस्यमा कूलबहादुर बान्तवा १९४१ मत ल्याएर विजयी भएका छन्। त्यस्तै वडा सदस्यमै प्रकाशकुमार कार्कीले १९७४ मत ल्याएर निर्वाचित भएका छन्।
जम्मा ४७५१ मत गन्दा गाउँपालिकाको अध्यक्षका उम्मेदवार राप्रपाका रविन्द्र लिङ्देनले २४३७ मत ल्याएर अग्रता लिइरहेका छन्।
अहिलेसम्मको मत परिणाममा अध्यक्षका लागि एमालेका उम्मेदवार डम्बर गिरीले १३४० मत ल्याएका छन्।
उपाध्यक्षमा राप्रपाकै लक्ष्मी मैनालीले १९७९ मत प्राप्त गरेर अग्रस्थानमा छिन् भने एमालेकी उम्मेदवार शान्ता गौतम १३४८ मत ल्याएर दोस्रो स्थानमा छिन्।