झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीले अग्रता कायम राखेकी छिन्।
हालसम्मको मतपरिणाम अनुसार अधिकारीले १७३२ मत प्राप्त गरेकी छिन्। राप्रपासहितको गठबन्धनका उम्मेदवार राप्रपाका राम थापाले १६४८ मत ल्याएका छन्।
त्यस्तै उपमेयरमा गठबन्धनकी उम्मेदवार कांग्रेसकी रेगिना भट्टराईले १६४० मत ल्याउँदै अग्रता लिएकी छिन्। एमालेका अम्बिका खनालले १५०९ मत ल्याएका छन्।
Facebook Comments Box