खबरमञ्च दोस्रो वर्ष पुगेको अवसरमा हामीले केही युवालाई तपाईंलाई खबरमञ्च कस्तो लाग्छ ? केके सुधार गर्नु पर्ला ? कस्तो सामग्रीको अपेक्षा गर्नु भएको छ ? भनेर सोधका थियौं । प्रस्तुत छ, उनीहरुको धारणाको सम्पादित अंशः –
सुनिल भेटवाल
युवा नेता/साङ्गाई युथ लिडर अवार्ड २०१६ विजेता
सर्वप्रथम त खबरमञ्च डट कमले पहिलो वर्ष पूरा गरेकोमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । एक वर्षमा यो अनलाइन पत्रिकाले लिएको रफ्तार साँच्चै नै प्रशंसनीय छ ।
खास गरेर राष्ट्रिय मुद्दा, अन्तराष्ट्रिय खबर, राष्ट्रिय तथा स्थानिय राजनीति, तथ्य सहितका आर्थिक गतिविधिहरु, युवा अनि खेलकुद गतिविधिहरु र विकाश निर्माणका गतिविधिसहित स्थानिय घटनाका सत्य तथ्य समाचार सम्प्रषण गर्न देखाएको बहादुरी लगायत शिक्षा,स्वास्थ्य आदिका समाचार प्रस्तुत गर्दै आम नेपालीले बुझ्ने शैलीमा गरेको प्रस्तुती प्रति म मोहित छु ।
भोका बनाइएका कुकुरहरु बीच एक चोक्टा मासु फालेर खाए खा.. नखाए.. घिच भने जस्तो गर्दा विवसताले झगडा गर्न बाध्य भए जस्तै यो मुलुकमा आर्थिक उन्नतिका लागि विकाशका पूर्वाधार निर्माणार्थ उत्पादन बढाउन आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी विकसित समाज अनि रास्ट्र निर्माणमा अघि बढियो भने एक चोक्टा मासुमा झगडा गर्नु पर्ने छैन ।
र, त्यसका लागि यस्ता आर्थिक उन्नतिका विषयलाई युवा तथा प्रविधिसँग जोडेर अरु बढी व्यवहारिक समाचार सम्प्रेसन गर्दै जानेछ भन्ने पुर्ण आशा राखेको छु । जहाँ अभाव छ, त्यहाँ झगडा र अशान्ती छ । चाहे त्यो भौतिक होस या बौद्धिक रुपमा । यी सबै पक्षलाई सकारात्मक रुपमा प्रस्तुत गर्दै असल काम गर्नेलाई पुरस्कृत गरिएका समाचारहरु पनि प्रशस्त हेर्न पाइयोस यहाँको अनलाइनमार्फत ।
केवल झापाको नं. १ अनलाईन पत्रिका मात्र हैन की पूरा राष्ट्रकै पहिलो आउने गरी यो पत्रिकाले अवसर पाओस्, मेरो शुभकामना । यहाँहरुको टिम वर्कको उच्च मूल्यांकन गर्दै भविष्यमा अवसर मिले यहाँहरुकै सानो पाटो बन्न पाए भने ठूलो उपलब्धि सम्झिने छु । खबरमञ्चलाई शुभजन्मोत्सव ।
राजेन्द्र खनाल
अध्यक्ष, बागेश्वरी असल शासन क्लब (बास), झापा
अनलाइन पत्रिकाको भिडमा जन्मेको खबरमन्चले छोटो समयमा निकै गतिलो प्रगति गरेको छ । यो सफलता चुस्त दुरुस्त समाचार सम्प्रेषणबाट मिलेको हुनु पर्छ समाज परिवर्तनका लागि खबरमनञ्चले विशेष भूमिका निर्वाह गरेको छ ।
आगामी दिनहरुमा पनि निस्पक्ष्य समाचार सम्प्रेषणलाई निरन्तरता दिन सकिरहोस् । अहिले धेरै मिडियाहरु अप्रत्यक्ष रुपमा कुनै राजनीतिक बैचारिक धार वा पार्टीको मुख पत्र जस्तै भएको प्रशस्त पाइन्छन् ।
त्यस्तो बाटो नअङ्गाली जनमुखी सूचनालाई बोकेर परिवर्तनको बाटोमा जनभावना अनुरुप अघि बढिरहे खबरमञ्चले कयौँ स्वर्ण जयन्ती मनाउन सक्ने विश्वास गर्न सकिन्छ । द्रुत प्रगति र सफलतासँगै एक बर्ष पूरा गरेकोमा हार्दिक बधाई ।
एसपी उप्रेती,
मोटिभेसनल स्पीकर
यो समय सुचनाको युग हो । यो सृष्टिको अनुपम कालखण्ड हो । सही सुचनाले मानिसको सशक्तिकरण गराउँछ । मानिसलाई समुन्नत र समृद्ध बन्न सघाउँछ । सुसभ्य समाज र संस्कृतिको विकास गर्छ । भन्नुपर्दा देशको विकासमा मेरुदण्डको काम गर्छ ।
जहाँ पूर्ण प्रेस स्वतन्त्रता, सुचनाको हकको पूर्ण संरक्षण हुन्छ, त्यहाँ सर्वत्र प्रगतिको फड्को इन्जिनको गतिमा अघि बढ्छ । जनस्तरमा भएको सुचनाको विकासले देश विकासमा रक्तसञ्चारको झैँ भूमिका निर्वाह गर्दछ । त्यसकारण सबैको पहुँचमा सही सूचना प्रेषित हुनु अनिवार्य छ ।
हो, ठीक एक वर्ष अघि सबैमा सूचनाको हकको सूसूचित गर्न युग सुहाउँदो प्रणालीमा आधारित खबरमञ्च डटकमको सुरुवात भयो । एक जुझारु युवा नारीको विशेष सक्रियतामा स्थापित खबरमञ्चले यो छोटो समयमा जनमानसबीच लामो मित्रता गाँस्न सफल भएको तथ्य उल्लेख गर्न पाउँदा खुशी लागेको छ ।
यसो हुनुमा खबरमञ्चको सामाग्रीको तथ्यपरकता, विश्वसनीयता तथा सुचनामा अग्रता हो । निश्चय नै यहाँ हजारौँ अनलाइन न्युज साइटहरुको भीडमा खबरमञ्च सायद सहज थिएन । तर ती युवा नारीको केही नौलो गर्ने साहसलाई भीडले कतिपनि डगमगाउन सकेन ।
अन्ततः सुचनाको क्षेत्रमा लोकप्रिय सामाजिक सञ्जालमा पचासौँ हजार भन्दा बढी फलोअर बनाउन सफल भयो खबरमञ्च । आज एक भौगोलिक क्षेत्रमात्रै होइन राष्ट्रकै प्रतिनिधित्व गर्ने हैसियत बनाएको छ, खबरमञ्चले ।
अहिलेसम्मको प्रशंसनीय कार्यबाट प्राप्त ख्याति आउँदा दिनहरुमा बढ्दै जाओस् । खबरमञ्च टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
मिलन ओली रोहिणी एजुकेशन कन्सल्टेन्सी शाखा प्रमुख, बिर्तामोड
समय सापेक्ष विविध क्षेत्रका घटना, सूचना तथा ज्ञानबद्र्धक समाचारको उत्कृष्ट समाजको संकलन हो खबरमञ्च । मोफसल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरुले भरिपूर्ण यो वेव पोर्टलले आगामी दिनमा अझै सफलता हासिल गर्दै सञ्चार जगतको मुटु बन्न सकोस् । हार्दिक शुभकामना ।
अर्जुन खरेल
युवा गायक
खबरमञ्च डटकमलाई सर्वप्रथम त १ वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । समाजमा भएका घटनाको सत्यतथ्य जनता सामु ल्याउन सकोस् । उत्तरोत्तर प्रगतिको कामना ।
अनु पौडेल नेप्लिज सर्कल
एउटा नियमित पाठकको रुपमा खबरमञ्चलाई नियाल्दा यो आफैँमा एक उत्कृष्ट पत्रिका हो भन्दा फरक पर्दैन । राजनैतिक, सामाजिक, सत्यतथ्य घटनाका समाचारहरु चाहने पाठकको मन जित्न सफल भएको देख्दा अत्यन्तै खुशी लागेको छ । पाठकको आकांक्षालाई मध्यनजर गर्दै सान्दर्भिक परिमार्जन गर्न सक्नु यस पत्रिकाको सन्तोषजनक पक्ष हो । खबरमञ्च आफैँमा नामले नै पूर्ण छ । पत्रिकाको भिडबाट अलग पहिचान लिएर आएको यस पत्रिकाको भविष्य साच्चै सुन्दर छ । अझ उत्कृष्ट संग्रहनीय र अझै धेरैको रोजाई बन्न सकोस शुभकामना ।
यज्ञ घिमिरे
एमआरआर
मैले खबरमञ्च अनलाइनलाई एउटा साचो र छिटो खबर दिने अनलाइन खबरको रुपमा हेरेको छु, खबरमञ्चले समाज र देश विदेशमा घटेको घट्नाको पारदर्शी रुपमा सम्प्रेषण गर्दै जनता सामु जानकारी गराउँदै आएको छ, साथै यसको प्रेरणाले विभिन्न सामाजिक कार्यहरु गर्न जनतालाई प्रोत्साहित पनि गर्दै आएको छ । यसरी नै हामी सबैलाई अझ रोचक जानकारी सामाजिक चेतना मुलक सन्देशहरु पनि आगामी दिनमा सम्प्रेषण गर्दै जाओस् ।
मदन बुडाथोकी
सामाजिक युवा
खबरमञ्च ब्लगहरुमा उत्कृष्ट छ । खुशी लागेका कुरा साना साना समाजका कुराहरुलाई अौल्याएर सजग हुन सचेत गराएको छ । सामाजिक कामलाई प्रोत्साहित गरको छ । पहिलो वर्ष पार गरेर दोस्रो वर्ष टेकेको उपलक्ष्यमा हार्दिक शुभकामना ।
यो पनि पढ्नुहोस्