झापा । छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यको पूजा आराधना गरिएको छ ।
आइतबार झापालगायत तराईका जिल्लाहरू तथा काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् ।
झापामा मेची, निन्दा, अदुवा, विरिङ, कनकाई, रतुवालगायत नदीहरू छठका लागि सिँगारिएका छन् ।
छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ । आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।
झापाको बिरिङ नदीमा छठ (तस्बिरहरू):





Facebook Comments Box