झापा । मेची राजमार्गमा पर्ने झापाको बुद्धशान्ति गाउँपालिकाको बर्ने चिया बगान सडक छेउमा फुलेका गुलमोहरको फूलले मन नै लोभ्याउने गरेको छ।
कोभिड महामारीका बेला खब प्रचार पाएका यी गुलमोहरका बोट वरपर बुद्धशान्ति गाउँपालिकाले केही संरचना बनाइदिएको छ।
सडकको छेउछाउमा रातै फुलेका गुलमोहरले बुद्धशान्तिलाई साँच्चिकै स्वर्गको आभाष दिलाएको छ ।
कोरोना संक्रमणको भयले लकडाउन अवधिभर घरमै बस्नुपर्ने बाध्यता थिए । पर्यटकीय स्थलहरु बन्द थिए । तर पनि स्थानीयहरु घरमा बस्दाको पट्यारलाई एकैछिन भए पनि रिफ्रेस हुनका लागि यस ठाउँमा आएर सितलता लिने, फोटो खिच्ने र टीकटक बनाउने गर्थे। उनीहरूको सामाजिक सञ्जालको पोस्ट यी रुखले खुब प्रचार पाएका थिए।
अहिले तिनै गुलमोहरले पुनः बर्ने चिया बगानको सौन्दर्यमा थप सुन्दरता थपिदिएको छ।
तस्बिरहरूः






Facebook Comments Box