आजदेखि खबरमञ्च पहिलो वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ । यो अवसरमा हामीले विभिन्न क्षेत्र र विधामा संलग्न व्यक्तित्वलाई तपाईंलाई खबरमञ्च कस्तो लाग्छ भनेर प्र्रतिक्रिया बुझ्ने कोशिस गरेका थियौं । प्रस्तुत छ, उनीहरुको भनाइको सम्पादित अंशः–
तारामणि सापकोटा, अध्यक्ष, पत्रकार महासंघ, झापा
नेपालको सन्दर्भमा प्रविधिमा आधिरिता न्यू मिडिया विल्कुलै नयाँ अभ्यासको क्रममा छ । यहाँ अनलाइन पोर्टलहरु स्थापित हुने क्रममा छन् । थोरै मिडियाहरु स्थापित भएका छन् । अरु स्थापित हुने क्रममै छन् ।
यसको माध्यमबाट एकै चोटी हजारौं, लाखौं मानिसको बीचमा सहज ढङ्गले सूचना सम्प्रेषण गर्न सक्नुले सूचनामा आम नागरिकको सहज पहुँच सिर्जना गरेको छ । हाम्रो जस्तो मुलुकमा ग्रामिण क्षेत्रमा पनि इन्टरनेट सहज भयो भने यसले सूचना प्रवाहको क्षेत्रमा ठूलो क्रान्ति नै ल्याउने छ ।
त्यसमा खबरमञ्चले छोटो समय खेलेको भूमिका र प्राप्त गरेका उचाई प्रशंसनीय छ । यसका लागि नेपाल पत्रकार महासंघ झापा शाखाको तर्फबाट धेरै धेरै शुभकामना र बधाई दिन चाहन्छु ।
यो वर्षमा गरेको प्रगति एकदमै राम्रो छ । यो भन्दा धेरै राम्रो खुराकहरु आगामी दिनमा प्रस्तुत गर्दै जान सक्नुहोस् । शुभकामना ।
एकराज गिरी, उपाध्यक्ष, पत्रकार महासंघ झापा
खबरमञ्चमा अझ धेरै सेरोफेरो, विषय र विधा समेटिन सकून् । साहित्य, भाषा, धर्म, जाति समेटिउन् । पत्रकारिताको सिद्धान्त र मूल्य–मान्यता सवै सञ्चारमाध्यम र सञ्चारकर्मीले सिरोपर गर्नुपर्ने हुन्छ ।
खबर मञ्च यसमै रहेर विकसित हुन सकोस् । शुद्धता, सन्तुलन, विश्वसनीयता, सिष्टता, नैतिकता, स्वच्छता जस्ता पत्रकारिताको सिद्धान्तभित्र छ– खबर मञ्च । आगामी दिनमा यी सिद्धान्तको पर्याय नै बन्न सकोस् । अझ आकर्षक डिजाइनका साथ सजिएर मन जित्न सफल होस् ।
भीमप्रसाद अधिकारी
प्रमुख भन्सार अधिकृत, मेची भन्सार कार्यालय काँकरभिट्टा
खबरमञ्च अनलाइनका सामाग्री सूचनामूलक छन् । यसका सबै सामाग्री जानकारीमूलक छन् भन्दा धेर हुँदैन । सबै तिरका समाचारलाई समेट्न कोशिस गरेको मैले पाएको छु । तर स्थानीय समाचारलाई अझ धेरै प्राथमिक्ता दिइनु पर्छ ।
स्थानीय स्रोत, प्रतिभालाई अझ बढी समेट्न कोशिस गरे यो अनलाइनले उचाई अझ लिनेमा दुईमत छैन । खबरमञ्च अनलाइन परिवारलाई धेरै धेरै शुभकामना छ ।
सरोज अधिकारी
मैले खबरमञ्चका समाचारहरु पढिरहेको छु । सबै खाले समाचारलाई प्राथमिक्ता दिइएको छ । प्रायः अनलाइनहरुले राजनीतिक विषयलाई मात्र समाचार बनाउँछन् । तर खबरमञ्च त्यस्तो पाइन ।
सामाजिक, आर्थिक, स्वास्थ्य लगायतका समाचार प्रकाशन हुने गरेका कारण यो अनलाइन राम्रो छ । तर अझ बढी पाठकको ध्यान तान्नका लागि अनलाइनको आकृतिमा परिवर्तन ल्याउनुपर्छ कि जस्तो मलाई लागेको छ । जसले गर्दा पाठकलाई अनलाइनभित्र छिर्न सजिलो होस् ।
ढुण्डिराज गिरी
प्रमुख जिल्ला ट्राफिक कार्यालय, झापा
सूचना सम्प्रेषण गर्ने सवालमा खबरमञ्चले जुन खबरदारी गरेको छ, यो ज्यादै प्रशंसनीय र प्रभावकारी छ । आगामी दिनमा अझ शसक्त रुपमा प्रस्तुत हुन सकोस्, शुभकामना ।
अमृत योङ्हाङ
ईभिलेज केन्द्र, दुर्गापुर
खबरमञ्च डटकमले एक बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेकोमा मञ्चका सम्पूर्ण युनिटलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आगामी दिनमा पनि वितेका दिनमा झै सञ्चार जगतमा खबरमञ्चले एउटा छुट्टै पहिचान बनाएर जाओस मेरो शुभकामना छ ।
माधव कल्पित
रङ्गकर्मी
सामाजिक सञ्जालमार्फत आम समुदायमा सत्य र तथ्य समाचार सम्प्रेषण गर्न खबरमञ्च डटकमले छोटो समयमै आफूलाई सबै सामु स्थापित गर्न सफल भएको छ । युवा भनेको समाज परिवर्तनका सम्वाहक हुन् ।
खबरमञ्चले आगामी दिनमा लाखौँ लाख आफ्ना पाठक, दर्शक र शुभचिन्तक बटुल्न सफल होस् । पहिलो वसन्त पार गरी दोस्रो वसन्तको यात्रा प्रारम्भ गरेको यो पावन अवसरमा हार्दिक बधाई एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।
प्रस्तुतिः खबरमञ्च डेस्क