Author: खबरमञ्च
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । गए राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।
झापा- गएराति पक्राउ परेका राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीलाई रिहा गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि उनलाई रिहा गरिएको हो। उनलाई गए राति प्रहरीले नियन्त्रणमा लिएको थियो । आवश्यक प्रक्रिया पूरा गरेर छोडिएको बताइएको छ । गत पुस २९ गते रास्ट्रिय भाका दिवस मनाउने क्रममा झापाका प्रमुख जिल्ला अधिकरीलाई अपशब्द बोलेको आरोपमा उनी पक्राउ परेका थिए ।
झापा- झापाको कनकाई माई मेला भर्न जाने क्रममा आज बिहान भएको सवारी दुर्घटनामा परी एकै परिवारका आमा र छोराको मृत्यु भएको छ । पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत कनकाई नगरपालिका-३, नयाँ बस्तीमा पिकअप र बस एक-आपसमा ठक्कर खाँदा भद्रपुर-८ निवासी ४० वर्षीया सुस्मा राजवंशी र उनका १८ महिने छोरा आरुति राजवंशीको ज्यान गएको हो । बिहान साढे ९ बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे१च ४५१५ नम्बरको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको ना५ख २१४९ नम्बरको बस ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका बालक आरुतिलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए भने उनकी आमा सुस्माको बिर्तासिटी अस्पतालमा…
झापा- माघे संक्रान्तिको अवसरमा कन्काई माईमा मेला लागिरहेका बेला आज बिहान भएको सवारी दुर्घटनामा परी एक बालकको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएका छन् । बिहान करिब ९:३० बजे कन्काई नगरपालिका–३ स्थित नयाँ बस्तीमा पूर्व-पश्चिम लोकमार्गमा पिकअप र बस एकापसमा जुध्दा उक्त घटना भएको हो । बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप भ्यान र विपरीत दिशा माईधारबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठोक्किएका थिए । दुर्घटनामा परी पिकअपमा सवार भद्रपुर नगरपालिकाका आफुद राजवंशीका १८ महिनाका छोरा आरुति राजवंशीको मृत्यु भएको छ । गम्भीर घाइते बालकलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउनासाथ…
झापा- झापाको बिर्तामोडस्थित एक डान्सबारबाट प्रहरीले अभय राजवंशीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका वडा नं. १ मा रहेको ‘नाइटलाईफ डान्सबार’ बाट गएराति १०:३० बजे कनकाई नगरपालिका वडा नं. ९ का ४४ वर्षीय अभय राजवंशी, डान्सबारकी सञ्चालिका ४२ वर्षीया नविना राजवंशी र बिर्तामोड–१ का ४१ वर्षीय रमेश राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो। घटनाको पृष्ठभूमि अनुसार, गत पुस २९ गते राजवंशी समाज विकास समितिको नाममा डोमालाल राजवंशी रंगशालामा आयोजित ‘भाक्का दिवस’ कार्यक्रममा अभय राजवंशीले झापाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराम गेलालविरुद्ध अपशब्द प्रयोग गरेका थिए। सोही विषयमा सोधपुछका लागि जिल्ला प्रशासन कार्यालय झापाले हिजो दिउँसो ३ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्राचार…
झापा- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको ‘श्रम संस्कृति पार्टी’ले झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ। पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो सांगठनिक विस्तार र चुनावी तयारीलाई तीव्रता दिएको हो। सुनसरीको धरानमा पार्टी अध्यक्ष साम्पाङको उपस्थितिमा उम्मेदवारहरूको औपचारिक घोषणा गरिएको थियो। घोषणा गरिएका उम्मेदवारहरूमा झापा क्षेत्र नम्बर १ बाट केबलराम राई, क्षेत्र नम्बर २ बाट केशव भण्डारी, क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिना, क्षेत्र नम्बर ४ बाट अमृता राई र क्षेत्र नम्बर ५ बाट शिवन सोरानी मगर रहेका छन्। उम्मेदवार घोषणा कार्यक्रममा सहभागी हुन झापाका पाँचैजना उम्मेदवारहरू धरान पुगेका थिए। निर्वाचन आयोगमा दल दर्ता…
झापा- कनकाई ४ कोटिहोमस्थित कन्काई पुलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ८.३० कन्काई पुलस्थित पूर्वपश्चिम राजमार्गमा तत्काल नम्बर नखुलेको सेतो कारले बिपरित दिशाबाट आउँदै गरेको बीएएबी ६१२६ न. को मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका वडा नं. ४ बस्ने ३५ वर्षीय कमल पराजुली घाइते भएका थिए । टाउकोमा चोट लागेका घाइते पराजुलीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका छन् । मृतकको शव सोही अस्पतालमा रहेको छ । ठक्कर दिएर फरार रहेको सवारी साधनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
झापा- इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट फरार भएका एक थुनुवालाई प्रहरीले करिब चार महिनापछि पुनः नियन्त्रणमा लिएको छ। लागु औषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका झापा दमक नगरपालिका वडा नं. १० निवासी २८ वर्षीय मनोज खनाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। खनाल गत २०८२ भदौ २४ गते देशभर भएको ‘जेन-जी आन्दोलन’ को क्रममा उत्पन्न असहज परिस्थितिको फाइदा उठाउँदै इप्रका दमकको हिरासत कक्षबाट भाग्न सफल भएका थिए। आन्दोलनकारीले प्रहरी कार्यालयमा तोडफोड र आक्रमण गरेपछि सिर्जना भएको भद्रगोलका बीच उनी फरार भएका थिए। लामो समयदेखि खोजी गरिरहेको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई शुक्रबार दिउँसो अन्दाजी ३:३० बजेको समयमा दमक नगरपालिका वडा…
झापा- झापाको दमकमा एक बालिकाको कानको सुनको रिङ लुटेर फरार भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा झापा दमकका तीन जना र एक जना भारतीय नागरिक रहेका छन्। घटना विवरण अनुसार, गत २०८२ साल पुस २४ गते दिउँसो करिब १५:०० बजेको समयमा दमक नगरपालिका वडा नं. ५, लालीगुराँस टोल बस्ने सुमन लिम्बुकी ५ वर्षीया छोरी प्यारोन लिम्बु आफ्नै घर अगाडि खेलिरहेका बेला प्र.१-०१-००१ ह ८३८५ नम्बरको सिटी सफारीमा आएका अभियुक्तहरूले बालिकाले कानमा लगाएको सुनको रिङ नेलकटले काटेर लुटी सोही सफारी प्रयोग गरी फरार भएका थिए। घटनाको जानकारी पाएलगत्तै खोजी कार्यमा जुटेको इलाका प्रहरी कार्यालय दमकको टोलीले शुक्रबार…
झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै झापा जिल्लामा मात्रै ८०० नेपाली सेना परिचालन गरिने भएको छ। झापास्थित २१ नं बाहिनी तोपगाछी केर्खा र अरिदमन गण चारआलीबाट ती फौजहरू चुनावी सुरक्षाका लागि खटिने भएका हुन्। नेपाली सेनाले देशभरको निर्वाचन सुरक्षाका लागि कुल ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार ‘एकीकृत सुरक्षा योजना २०८२’ अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले सोही योजना अनुरूप फौज परिचालनको प्रक्रिया अघि बढाइएको हो। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सेनाले तीन चरणमा आफ्नो जिम्मेवारी पुरा गर्नेछ: निर्वाचन पूर्व: मतपत्र छपाइको सुरक्षा र महत्वपूर्ण राष्ट्रिय संरचनाहरूको…