Author: खबरमञ्च
झापा- झापाको विभिन्न स्थानमा आइतबार साँझ परेको वर्षासँगै आएको हावाहुरीले ठूलो क्षति पुर्याएको छ। विशेष गरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तीसबिघेमा स्थानीय किसानहरूले लगाएको केराखेतीमा करिब ५१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार करिब १५ घरधुरीका किसानले ३० बिघा क्षेत्रमा लगाएको केराखेती हावाहुरीका कारण पूर्ण रूपमा नष्ट भएको हो। इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको टोलीले स्थलगत अनुगमन गरी क्षतिको विवरण सङ्कलन गरेको जनाइएको छ। यसैबीच, हावाहुरीले मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित कामक्ष इण्डष्ट्रिज प्रा.लि. (प्लाई उद्योग) मा पनि क्षति पुर्याएको छ। कम्पनीका अनुसार हावाहुरीले पिलिङ भवनको पश्चिम भागको…
झापा- आज किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन्। वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वमा अन्नबाली सप्रियोस्, राम्रो उत्पादन होस् र पृथ्वीमा खाद्यान्नको कमी नहोस् भन्ने कामनासहित विभिन्न पूजाआजा गरिन्छ। किराँत समुदायका उभौली र उधौली पर्वहरू कृषिसँग गहिरो सम्बन्ध राख्छन्। उभौलीलाई बाली लगाउने, जबकि मङ्सिर पूर्णिमामा मनाइने उधौलीलाई बाली थन्क्याउने पर्वका रूपमा मनाइन्छ। उभौलीमा सुम्निमा र पारुहाङ ले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ। यो पर्व आजबाट सुरु भइ एक महिना लामो चल्ने गर्दछ। उभौलीको अवसरमा चण्डी नाच प्रदर्शन गरिने भएकाले आजको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ, जसलाई सुम्निमा (पार्वती) को सृष्टि दिवसको रूपमा लिइन्छ।
धनकुटा- गएराति धनकुटामा सवारी दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्। ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको टाटा सुमो अनियन्त्रित भइ सडकबाट करिब १० फिट तल खस्दा दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटना धनकुटा साँगुरीगढी गाउँपालिका–३ कुसेटारस्थित तमोर करिडोर सडकखण्डमा राति करिब १० बजेतिर भएको हो। मे १ ज २६५५ नम्बरको टाटा सुमो अनियन्त्रित भइ कल्भर्टबाट तल खसेको थियो। दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ। घाइतेहरूको विवरण यसप्रकार छ: नमकला फुयाल, ४५ वर्ष, भरतपुर नपा–११, अवस्था मध्यम जयेश्वर पोखरेल, ४७ वर्ष, अवस्था मध्यम इसु पंगेनी, ३८ वर्ष, अवस्था मध्यम निकिता फुयाल, २२ वर्ष, अवस्था सामान्य शिरिष पोखरेल, १६…
झापा- सोमबार दिउँसोदेखि झापाका विभिन्न स्थानहरूमा आएको तीव्र हावाहुरी र अविरल वर्षाका कारण लाखौं रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। स्थानीयबासी प्रभावित भएका छन् भने मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ। प्राप्त विवरणअनुसार मेचीनगर नगरपालिका वडा नं. १५ स्थित धुलाबारीमा रहेको कामक्ष इण्डष्ट्रिज प्रा.लि. (प्लाई उद्योग) मा पानीसहितको हावाहुरीले पिलिङ भवनको पश्चिमतर्फको ट्रस्ट र जस्ताले बनेको छाना उडाएको छ। सोही स्थानमा जडान गरिएको एउटा सीसीटीभी क्यामेरासमेत फुटेका कारण करिब रु. २ दुई लाख २० हजार बराबरको क्षति भएको छ। घटनास्थलमा प्रहरी चौकी ज्यामिरगढीबाट प्रहरी टोली खटिएको थियो। त्यसैगरी, दमक नगरपालिका वडा नं. ८ मा बस्ने दुर्गा प्रसाईको…
झापा- झापाको अर्जुनधारा नगरपालिकास्थित टाङटिङ खोला क्षेत्रमा अवैध उत्खनन अझै पनि जारी छ। सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रवार र शनिवार सात वटा ट्रयाक्टरलाई खोलाको निषेधित क्षेत्रमा अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्रयाक्टरहरूको नम्बर क्रमशः प्र १–०१–००१ त ८२३०, मे.१.त ४३४२, प्र.१–०१–००१ त ८२३०, प्र १–०३–००१ त २३९५, प्र १-०१–००१ त ९४६६, प्र १–०१–००१ त ८९७९ र प्र १–०१–००१ त ८०३५ रहेको छ। यी ट्रयाक्टरहरू आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाइएका छन्। केही दिन अघि प्रमुख जिल्ला अधिकारी, झापाका प्रहरी प्रमुखलगायतको टोलीले टाङटिङ खोलाको अवैध उत्खननको अनुगमन गरेका थिए। यद्यपि,…
झापा- नेपालका तराई क्षेत्रमा गर्मीको तीव्रता बढ्दै गएको छ। विशेषगरी पश्चिम तराईका जिल्लाहरूमा तापक्रम उच्च बिन्दुमा पुगेको छ। मौसमविद्हरूका अनुसार यो गर्मी केही दिनसम्म रहन सक्ने सम्भावना छ। गर्मीको अत्यधिक प्रभावका कारण जनजीवन प्रभावित भएको छ। उच्च तापक्रमका कारण लू लाग्ने खतरा बढेको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घ रोगीहरू बढी जोखिममा छन्। कृषि क्षेत्रमा पनि गर्मीको प्रभाव देखिएको छ, जसका कारण जलस्रोत सुक्दै गएको छ। विशेषज्ञहरूका अनुसार गर्मीबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छः गर्मीमा गरिने सतर्कता गर्मीको समयमा निम्न कुरामा विशेष ध्यान दिन आवश्यक छः अत्यधिक चिसो पदार्थ जस्तै आइसक्रिम तथा चिसो पेय पदार्थको बढी सेवन नगर्नुहोस्। लू लाग्ने…
झापा- नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडमा सञ्चालित दुई दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका–२ स्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय भवनमा शनिबार र आइतबार सम्पन्न तालिममा ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो। समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रविधिको तीव्र विकासले पत्रकारिताको ढाँचामा व्यापक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै सञ्चारकर्मीहरू एआइलगायतका नयाँ प्रविधिप्रति सचेत र अपडेट हुनुपर्ने आवश्यकता औंल्याए। तालिममा आमसञ्चार विज्ञ भानुभक्त आचार्यले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। उनले एआइ प्रविधिको मूल स्वरूप, पत्रकारितामा यसको प्रयोग, सम्भावित चुनौतीहरू र उत्तरदायित्वका बारेमा व्याख्या गर्दै सहभागीहरूसँग प्रत्यक्ष…
झापा- झापाको दमकमा गएराति ट्रकको ठक्करबाट एक जना स्कुटी चालकको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार राति करिब १०ः१५ बजे दमक नगरपालिका–१ स्थित रबी स्टेण्डको गेट नजिकै ग १ ख ६४३७ नम्बरको ट्रकले मे ८ प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो। स्कुटीमा सवार २२ वर्षीय अंकित लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ताप्लेजुङ दोभानका लिम्बू हाल दमकमा अवस्थित थकाली किचनमा स्टाफको रुपमा कार्यरत थिए। घटनामा स्कुटीको पछाडि सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकी छन्। उनको अहिले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालक प्रहरीले…
झापा- झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा गएराति एक जनाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। प्रहरीले दिएको जानकारीअनुसार ३५ वर्षीय कविराज हेमरमले आपसी झगडापछि आफ्नी श्रीमती ३४ वर्षीया पूजा हेमरमको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्। घटना राति करिब ११:२० बजे भएको हो। पारिवारिक विवादपछि कविराजले पूजा हेमरममाथि उनीहरू सुत्ने कोठामै खुकुरी प्रहार गरेका थिए। घटनापछि फरार रहेका कविराजलाई प्रहरीको टोलीले केही समयमै कनकाई नगरपालिका क्षेत्रकै सुरुङ्गा सडकबाट नियन्त्रणमा लिएको जनाएको छ। शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, भद्रपुरमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा- भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् । मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ । विदेशमन्त्री मिश्रीले भने, “पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) र…