धनकुटा- गएराति धनकुटामा सवारी दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्। ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको टाटा सुमो अनियन्त्रित भइ सडकबाट करिब १० फिट तल खस्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटना धनकुटा साँगुरीगढी गाउँपालिका–३ कुसेटारस्थित तमोर करिडोर सडकखण्डमा राति करिब १० बजेतिर भएको हो। मे १ ज २६५५ नम्बरको टाटा सुमो अनियन्त्रित भइ कल्भर्टबाट तल खसेको थियो।
दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ। घाइतेहरूको विवरण यसप्रकार छ:
- नमकला फुयाल, ४५ वर्ष, भरतपुर नपा–११, अवस्था मध्यम
- जयेश्वर पोखरेल, ४७ वर्ष, अवस्था मध्यम
- इसु पंगेनी, ३८ वर्ष, अवस्था मध्यम
- निकिता फुयाल, २२ वर्ष, अवस्था सामान्य
- शिरिष पोखरेल, १६ वर्ष, जयेश्वर पोखरेलका छोरा, अवस्था सामान्य
- सावित्री अधिकारी, ४६ वर्ष, अवस्था सामान्य
- दिप चन्द्र घिमिरे, ५२ वर्ष, अवस्था सामान्य
- नवराज फुयाल, ४५ वर्ष, अवस्था मध्यम
घाइतेहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
Facebook Comments Box
