झापा- आज किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन्। वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वमा अन्नबाली सप्रियोस्, राम्रो उत्पादन होस् र पृथ्वीमा खाद्यान्नको कमी नहोस् भन्ने कामनासहित विभिन्न पूजाआजा गरिन्छ।
किराँत समुदायका उभौली र उधौली पर्वहरू कृषिसँग गहिरो सम्बन्ध राख्छन्। उभौलीलाई बाली लगाउने, जबकि मङ्सिर पूर्णिमामा मनाइने उधौलीलाई बाली थन्क्याउने पर्वका रूपमा मनाइन्छ।
उभौलीमा सुम्निमा र पारुहाङ ले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ। यो पर्व आजबाट सुरु भइ एक महिना लामो चल्ने गर्दछ।
उभौलीको अवसरमा चण्डी नाच प्रदर्शन गरिने भएकाले आजको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ, जसलाई सुम्निमा (पार्वती) को सृष्टि दिवसको रूपमा लिइन्छ।
Facebook Comments Box
