झापा- झापाको अर्जुनधारा नगरपालिकास्थित टाङटिङ खोला क्षेत्रमा अवैध उत्खनन अझै पनि जारी छ।
सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रवार र शनिवार सात वटा ट्रयाक्टरलाई खोलाको निषेधित क्षेत्रमा अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्रयाक्टरहरूको नम्बर क्रमशः प्र १–०१–००१ त ८२३०, मे.१.त ४३४२, प्र.१–०१–००१ त ८२३०, प्र १–०३–००१ त २३९५, प्र १-०१–००१ त ९४६६, प्र १–०१–००१ त ८९७९ र प्र १–०१–००१ त ८०३५ रहेको छ। यी ट्रयाक्टरहरू आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाइएका छन्।
केही दिन अघि प्रमुख जिल्ला अधिकारी, झापाका प्रहरी प्रमुखलगायतको टोलीले टाङटिङ खोलाको अवैध उत्खननको अनुगमन गरेका थिए। यद्यपि, त्यहाँको उत्खनन कार्य नरोकिएको देखिएको हो।
यस अघि पनि त्यहाँबाट दुईवटा स्काभेटर नियन्त्रणमा लिइएको थियो।
