Author: खबरमञ्च

झापा— इलामको सूर्योदय नगरपालिका–८ पालटांगेस्थित मेची राजमार्गमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। मंगलबार दिउँसो १२:३० बजे झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज २५७५ नम्बरको बोलेरो गाडी अचानक ब्रेक फेल भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेहरूमा निम्न व्यक्तिहरू रहेका छन्: बिक्रम दर्जी, ३१ वर्षीय, झापा बुद्धशान्ति गाउँपालिका–४ (चालक): दाहिने हातमा सामान्य चोट लागेको र प्रहरी चौकी फिक्कलको नियन्त्रणमा। खेमराज विक, २५ वर्षीय, बुद्धशान्ति गाउँपालिका–५ (सहचालक): बाँया हातमा सामान्य चोट, स्थानीय पार्वती पोलिक्लिनिक इलाममा उपचार भइरहेको र अवस्था सामान्य। सुमन पोख्रेल, ६० वर्षीय, मोरङ विराटनगर–४: घाँटीमा सामान्य चोट, पार्वती पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि…

Read More

झापा— झापा जिल्लाको झापा गाउँपालिका–१ बाट भन्सार छली गरी ल्याइएको अवैध सामानसहितको एउटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४:३० बजे शंका लागेर जाँच गर्दा नम्बर प्लेट नभएको उक्त ट्रयाक्टरबाट ५० बोरा काँक्राको बीउ फेला पारेको हो। प्रत्येक बोरामा ५० किलो तौल भएको सो बीउको अनुमानित मूल्य दुई लाख पचास हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। ट्रयाक्टरको अनुमानित मूल्य पाँच लाख रुपैयाँ रहेको र बरामद गरिएको सम्पूर्ण सामानको कुल मूल्य सात लाख पचास हजार रुपैयाँ बराबर पुग्ने प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) खगेन्द्र बहादुर खड्काका…

Read More

काठमाडौँ– नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीहरूलाई जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा रहेको सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय भएको बताए। सिफारिस समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।

Read More

झापा- नेपालमा पछिल्लो चार वर्षमा चट्याङ लागेर २३७ जनाको मृत्यु भएको छ भने ९०८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशीदेखि सुदूरपश्चिम र कर्णालीदेखि मधेससम्म चट्याङको उच्च जोखिम रहेको छ। प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेको जानकारी दिइन्। २०७८ साउन १ देखि २०८२ जेठ ५ गतेसम्म चट्याङका १,११८ वटा घटना दर्ता भएका छन्, जसबाट १,६०७ परिवार प्रभावित भएका छन्। विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा रहेको उनले बताइन्। सहसचिव श्रेष्ठका अनुसार घर, गोठ र अग्ला टावर चट्याङको मुख्य निशाना बन्ने गरेका छन्। बर्खायाममा कृषि…

Read More

बिर्तामोड- बिर्तामोड नगरपालिका भित्र संघ, प्रदेश र नगरपालिकाको संयुक्त लगानीमा चारवटा ठूला सडक योजनाको काम तीव्र गतिमा अघि बढेको छ। नगरका मुख्य सडकहरू हर्कलाल मार्ग, बुट्टाबारी-प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र सहिद चन्द्रमार्गको विभिन्न खण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको नगरपालिकाले जनाएको छ। हर्कलाल मार्ग: पूर्व पश्चिम राजमार्गस्थित देउराली होटलदेखि धौलापुल आदर्श चोकसम्मको यो सडक तीन खण्डमा स्तरोन्नति भइरहेको छ। राजमार्गसँग जोडिएको देउराली पछाडिको भागमा १ करोड १३ लाख ४६ हजार रुपैयाँको लागतमा धनेश्वर कन्स्ट्रक्सनले नाला निर्माण गरिरहेको छ। सडकको बीच खण्डमा ६ करोड रुपैयाँको लागतमा सरोज निर्माण सेवाले १ हजार ९५ मिटर क्षेत्रमा काम गरिरहेको छ। तल्लो ४ सय…

Read More

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र उकुसमुकुसको अवस्था रहेको बताएका छन्। सोमबार काठमाडौंमा सुवास घिमिरेद्वारा लिखित विपी कोइरालाको जीवन कथामा आधारित पुस्तक ‘सान्दाजु’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले काँग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे। यद्यपि, उनले काँग्रेसमा एउटा अवसर पनि रहेको औंल्याए। थापाले काँग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि काँग्रेसकै हुने बताए। गभर्नर पनि काँग्रेसकै भागमा रहेको बेलामा पनि काँग्रेसीजनमा खुशी नरहेको उनको भनाइ थियो। महामन्त्री थापाले भने, ‘अब हाम्रो जेनेरेशनको साथीहरुले एउटा संकल्प गर्ने बेला आएको छ। नेपाली काँग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ। उकुसमुकुस…

Read More

झापा- कोशी प्रदेशका चार जना सांसद सवार कार सोमबार दिउँसो मोरङमा दुर्घटनामा परेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा नेपाल प्रहरीका डीएसपीले चलाएको कारसँग ठोक्किएर सांसदहरू चढेको कार दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगरबाट झापातर्फ आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापाबाट विराटनगरतर्फ जाँदै गरेको बी एई १४०६ नम्बरको कार दिउँसो २ बजेतिर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मानवीय क्षति भने भएको छैन र सबै जना सकुशल रहेका छन्। बी एई १४०६ नम्बरको कारमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती (नेपाली कांग्रेस, पाँचथर), राधाकृष्ण खनाल (नेकपा एमाले, झापा क्षेत्र…

Read More

झापा- इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा बिर्तामोड–३ सैनिक मोड बस्ने दाजुभाइ रञ्जित राजवंशी, प्रदीप राजवंशी, कुमार राजवंशी तथा बिर्तामोड–४ परोपकार टोलमा डेरा गरी बस्ने ग्यारेज सञ्चालक जागिर आलम रहेका छन्। प्रहरीका अनुसार राजवंशी दाजुभाइ चोरीमा संलग्न थिए भने आलम चोरीका मोटरसाइकल बिक्री गर्न सहयोग गर्थे। प्रहरीले उनीहरूको साथबाट मे १ ह ४८९६ नम्बरको एक अटो, मे ८ प २११६ नम्बरको एभेन्जर बाइक, प्रदेश १–०१–०१५ प ९२४२ नम्बरको सुपर स्प्लेन्डर बाइक र मे ९ प ३६१८ नम्बरको पल्सर बाइक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय…

Read More

झापा– झापा प्रहरीले करिब ३ करोड ६१ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्रीसहित तीनवटा भारतीय नम्बरका कन्टेनरलाई नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा जेठ ४ गते साँझ करिब ७ बजे भारतबाट काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका कन्टेनरहरूलाई गोप्य सूचनाको आधारमा रोकेर जाँच गर्दा अवैध रूपमा भित्र्याइएका सामग्री फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक प्रविण श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएका कन्टेनरहरूको नम्बर क्रमशः एनएल ०१ ए एच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ रहेका छन्। प्रहरीले बरामद सामग्रीको अनुमानित मूल्य ३ करोड ६१ लाख रुपैयाँ रहेको जनाएको…

Read More

झापा– झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म पुनर्निर्माण हुन सकेको छैन। विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने यो महत्वपूर्ण पुल भासिएपछि स्थानीय जोखिम मोलेर साना सवारी साधन चलाउन बाध्य भएका छन्। स्थानीय मेघराज रम्तेलले भासिएको पुलको तत्काल मर्मत सम्भार वा पुनर्निर्माण गर्न सरकारले चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका छन्। “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ,” उनले भने। हिउँदमा कुनै न कुनै रूपमा सवारी साधन चल्ने यो पुल बर्खायाममा पूर्ण रूपमा बन्द हुने गरेको छ। पुलको छत भासिएर खोलामा पुगेकाले स्थानीयवासीले सो…

Read More