काठमाडौँ– नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीहरूलाई जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा रहेको सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय भएको बताए।
सिफारिस समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
Facebook Comments Box