Author: खबरमञ्च

झापा- होलीमा जथाभावी गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अबाञ्छित गतिविधि गर्ने ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए । त्यस्तै जथाभावी चलाउने ५६४ वटा सवारी साधन प्रहरीले होल्ड गरेको छ । ४०९ वटा मोटरसाइकल, ४० वटा अटो र सिटी सफारी तथा १५ वटा चार पांग्रेलाई होल्ड गरिएको उनले जानकारी दिए । होल्ड गरिएका सवारी साधनलाई जरिवाना तिराएर छोडिने डीएसपी खड्काको भनाइ छ । मोटरसाइकलमा तीनजना सवार हुने, मादक पदार्थ सेवन गरी चलाउने, बिनाहेल्मेट सवारी चलाउने, बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको डीएसपी खड्काले जानकारी दिए ।

Read More

झापा- झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका-१ स्थितमा कोठा भाडामा बस्दै आएका २६ बर्षीय डेकबहादुर थापाको कोठामा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा फागुन २९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले थापा सहित इलाम माङ्सेबुङ गाउँपालिका -३ की २५ बर्षीया अनु राई, झापा कमल गाउँपालिका-३ का २६ बर्षीय सुरज कुमाल, दमक-५ का २५ बर्षीय रकद धिमाल र दमक-७ का २८ बर्षीय बिरबहादुर पौडेललाई ट्रामाडोल ९० क्याप्सुल, स्पासपेन ७० चक्की र लागुऔषध खैरो हेरोइन ५ सय मिलिग्रामसहित नियन्त्रणमा लिएको थियो । यसैगरी फागुन २९ गते इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट खटिएको प्रहरी टोलीले…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन् । “लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम,मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको सङ्घर्षको कथा भन्छ,” स्रष्टा…

Read More

काठमाडौँ- साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले जानकारी दिए। ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए । भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।

Read More

झापा- झापाको जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अवस्थामा फेला परेको छ। बुधबार साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो। ३–४ वटा जंगली हात्तीले वरिपरि घेरेर राखेपछि बुधबार साँझ कोही पनि जान सकेका थिएनन्। बिहीबार बिहान डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानीलगायतको टोली घटनास्थल पुगेको थियो। त्यहाँ पुगेर हेर्दा शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए। हात्तीको दाराको टुप्पो काटिएको छ। त्यस हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको कचनकवल ७ का वडा सदस्य शेरबहादुर थेबेले बताए।…

Read More

झापा- प्रेमिकाले धोका दिएको भन्दै झापाको कनकाई नगरपालिकामा एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। बिहीबार दिउँसो १२.२५ बजे कनकाई नगरपालिका ४ स्थित कोटीहोमनजिक सुनसरी इनरुवा ९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन्। स्थानीयले देखेर प्रहरीलाई खबर गरेपश्चात् उद्धार गरी उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको लागि ल्याइएको छ। हाल गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ। विगत ३–४ दिनदेखि बिर्तामोड ४ स्थित सोफा हाउसमा काम गर्दै आएका चौधरी कोटीहोम दक्षिणपट्टिको सडकमा आफ्नी प्रेमिकासंग हिँड्दै गर्दा उनीहरूबीच विवाद भएको थियो। विवादका क्रममा चौधरीले आफ्नी प्रेमिका र आफूमाथि पेट्रोल छर्केका थिए। सँगै…

Read More

झापा- मोरङ, सुनसरी र झापाका विभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधबार बिराटनगर महानगरपालिका-५ स्थित लागुऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को. २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप-महानगरपालिका-८ का २३ बर्षीय कुबिर राई र २१ बर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरी धरान उप -महानगरपालिका-१३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ बर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो भने झापा कनकाई नगरपालिका-४ बाट इलाका प्रहरी कार्यालय सुरुङगाले स्थानीय…

Read More

झापा- झापाको जलथल जंगलमा एउटा जंगली हात्ती मृत फेला परेको छ। बुधबार साँझ ७.३० बजे कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको त्यहाँका वन समितिले जानकारी गराएको हो । ३–४ वटा जंगली हात्ती वरिपरि बसेकाले त्यहाँ जान सकिएको छैन। आज बिहान वन डिभिजन कार्यालयबाट टोली त्यसतर्फ गएको वन अधिकृत जीवन पाठकले जनाएका छन्।

Read More

झापा- झापाका पुराना निर्माण व्यवसायी हिमाल सिटौला पक्राउ परेका छन् । चेक अनादर मुद्धामा सिटौलालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । बिर्तामोड–७ निवासी सिटौलालाई प्रहरीले मंगलबार नै अदालतबाट पाँच दिनको म्याद लिएको छ । सिटौला बिरामी रहेका कारण ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राज्यले समयमा निर्माण व्यवसायीलाई भुक्तानी नदिँदा अन्य व्यवसायीको रकम भुक्तानीमा समस्या भइरहेको एक निर्माण व्यवसायीले बताए । फरार रहेका बिर्तामोड ७ निवासी सिटौलालाई पक्राउ गरी मंगलबार अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । ओमसाई निर्माण सेवाका प्रोप्राइटर सिटौलाले बीएण्डबी हार्डवेयर…

Read More

फुङ्लिङ (ताप्लेजुङ)- जिल्लाका किसान क्रमशः सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनीमा मकैखेती गरिरहेका छन् । स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक–फरक प्रकारका बालीनाली लगाउने गर्थे । कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे । तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रमअन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानले सामूहिक मकैखेती थालेका हुन् ।…

Read More