झापा- झापाको जलथल जंगलमा एउटा जंगली हात्ती मृत फेला परेको छ।
बुधबार साँझ ७.३० बजे कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको त्यहाँका वन समितिले जानकारी गराएको हो ।
३–४ वटा जंगली हात्ती वरिपरि बसेकाले त्यहाँ जान सकिएको छैन। आज बिहान वन डिभिजन कार्यालयबाट टोली त्यसतर्फ गएको वन अधिकृत जीवन पाठकले जनाएका छन्।
Facebook Comments Box