झापा- मोरङ, सुनसरी र झापाका विभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
बुधबार बिराटनगर महानगरपालिका-५ स्थित लागुऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को. २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप-महानगरपालिका-८ का २३ बर्षीय कुबिर राई र २१ बर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरी धरान उप -महानगरपालिका-१३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ बर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो भने झापा कनकाई नगरपालिका-४ बाट इलाका प्रहरी कार्यालय सुरुङगाले स्थानीय ३३ बर्षीय ईन्द्र चौधरी र उनको श्रीमती ३२ बर्षीया ममता चौधरीलाई ८ किलो ४० ग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।