झापा- होलीमा जथाभावी गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अबाञ्छित गतिविधि गर्ने ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए ।
त्यस्तै जथाभावी चलाउने ५६४ वटा सवारी साधन प्रहरीले होल्ड गरेको छ । ४०९ वटा मोटरसाइकल, ४० वटा अटो र सिटी सफारी तथा १५ वटा चार पांग्रेलाई होल्ड गरिएको उनले जानकारी दिए ।
होल्ड गरिएका सवारी साधनलाई जरिवाना तिराएर छोडिने डीएसपी खड्काको भनाइ छ ।
मोटरसाइकलमा तीनजना सवार हुने, मादक पदार्थ सेवन गरी चलाउने, बिनाहेल्मेट सवारी चलाउने, बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको डीएसपी खड्काले जानकारी दिए ।
Facebook Comments Box