झापा- झापाका पुराना निर्माण व्यवसायी हिमाल सिटौला पक्राउ परेका छन् । चेक अनादर मुद्धामा सिटौलालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बिर्तामोड–७ निवासी सिटौलालाई प्रहरीले मंगलबार नै अदालतबाट पाँच दिनको म्याद लिएको छ । सिटौला बिरामी रहेका कारण ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राज्यले समयमा निर्माण व्यवसायीलाई भुक्तानी नदिँदा अन्य व्यवसायीको रकम भुक्तानीमा समस्या भइरहेको एक निर्माण व्यवसायीले बताए ।
फरार रहेका बिर्तामोड ७ निवासी सिटौलालाई पक्राउ गरी मंगलबार अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।
ओमसाई निर्माण सेवाका प्रोप्राइटर सिटौलाले बीएण्डबी हार्डवेयर सुरुङ्गाको २७ लाख ७५ हजार ५ सय रुपैयाँ नतिरेको भन्दै रोशन बिमलीले मुद्धा दायर गरेका थिए ।
सिटौलाले काम गरे बापत राज्यबाट १ करोड बढी भुक्तानी लिन बाँकी रहेको बुझिएको छ ।