Author: खबरमञ्च
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दै छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा बस्ने जनाइएको छ। बैठकमा राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल हुने जनाइएको छ। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते (शनिबार) मनोनयन गर्ने मिति तोकिएको छ।
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा राजनीति पेचिलो बन्दै गएको छ। मौजुदा सत्ता गठबन्धनका तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेद्वार अघि सार्ने भनेपनि कुरा मिल्न सकेको छैन। पुस १० गते प्रधानमन्त्री बन्नुअघि माओवादीसँग भएको सहमतिलाई लिएर माओवादीले मुख फेरेपछि गठबन्धनकै भविष्य संकटमा परेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेबाट बढी चेपुवामा पार्न खोजिएको विश्लेषण गर्दै चुनावअघिको गठबन्धन ब्युँताउने र त्यहीँबाट राष्ट्रपति बनाउन चाहेका छन्। उनले एमालेलाई राष्ट्रपति दिए जुनसुकै समय आफूले सत्ता गुमाउनु पर्ने भन्दै कांग्रेलाई राष्ट्रपति दिएर पाँचै वर्ष आफू प्रधानमन्त्रीमा रहन खोजेका छन्। बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुसँगको छलफलमा पाँच दलीय गठबन्धन ब्युँताउनेबारे छलफल…
काठमाडौं । स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले बुधबार थुनछेक बहस गर्दै महबुब आलम, मोहोम्मद आदिल अन्सारी र नितेश गुप्तालाई जनही तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो । तर ५ जना नेपालीमध्ये २ जना भने फरार रहेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका नेताहरुसँगको लगत्तै देउवा बालुवाटार पगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँग राष्ट्रपतिबारे छलफल गर्न देउवा बालुवाटार पुगेका हुन् ।देउवाअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगिसकेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई राष्ट्रपतिमा अगाडि सार्न खोजेपछि राजनीति एकन एक तरंगित बनेको छ। प्रधानमन्त्री प्रचण्डसँग बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल गरेको थिए ।
काठमाडौं। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ संसदमा पेश भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा नियमावली मस्यौदा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले समितिको प्रतिवेदन पेश गरेका हुन्। प्रतिनिधिसभाले बैठकको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि नियमावली बनाउ २१ सदस्य रहेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो। समितिलाई १५ दिनको समयवधि तोकिएको थियो।
झापा । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक/एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गरे । तर, उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए । यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१ औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधै गोलमा परिणत…
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा सहभागी हुने मतदाताको नामावली सार्वजनिक गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मतदाता नामावली सार्वजनिक गरेको हो । वुधबार ८८१ जनाको नामावली सूची प्रकाशन गरेको निर्वाचन आयोगले जनाएको छ। उनका अनुसार संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ । P_VP_79_FA
काठमाडौँ। राष्ट्रपति चयनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिँदै गर्दा दलहरुले दौडधुपलाई तीब्रता दिएका छन्। राष्ट्रपतिमा दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी र उपराष्ट्रपति मागिरहेको जनता समाजवादी पार्टीले शीर्ष नेताहरुसँगको संवादलाई बाक्लो बनाएका छन्। पुस १० गते भएको सहमतिबमोजिम नेकपा एमालेले राष्ट्रपति पाउनु पर्ने दाबी गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसबाट पन्छिएपछि स्थिति पेचिलो बनिरहेको छ। त्यसैले गठबन्धनमा भइरहेको यही गडबडमा खेलेर अन्य दलले आफ्नो दौडधुप बाक्लो पारेका हुन्। कांग्रेसनिकट एक नेताका अनुसार अहिले जसपा र एसका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन्।
काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले थप पेचिलो बन्दै गएको हो । राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । आज (बुधबार १० फागुन) मतदाता नामावली प्रकाशन र १३ फागुन शनिबारका दिन उम्मेदवारी मनोनयनपत्र दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, राष्ट्रपति कुन दलले पाउने र उम्मेदवार को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन । निरन्तर छलफलमा रहेका शीर्ष नेताहरूको आ–आफ्नै रणनीति छ । दृश्य–अदृश्य रूपमा भइरहेका छलफलले…
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन लागि आज बुधबार मतदाता नामावली प्रकाशित गर्ने भएको छ । राष्ट्रपति निर्वाचनको लागि स्वीकृत गरिएको कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजनिक गर्न लागिएको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली प्रकाशित गरिनेछ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरू रहेको निर्वाचन मण्डलबाट हुने संविधानमा उल्लेख गरिएबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम मतदाता नामावलीमा समावेश गरेको छ । संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जना मतदाता हुनेछन् । प्रतिनिधिसभाका २ सय ७५ सांसद…