काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा सहभागी हुने मतदाताको नामावली सार्वजनिक गरेको छ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मतदाता नामावली सार्वजनिक गरेको हो ।
वुधबार ८८१ जनाको नामावली सूची प्रकाशन गरेको निर्वाचन आयोगले जनाएको छ।
उनका अनुसार संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ ।
Facebook Comments Box
