काठमाडौँ। राष्ट्रपति चयनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिँदै गर्दा दलहरुले दौडधुपलाई तीब्रता दिएका छन्।
राष्ट्रपतिमा दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी र उपराष्ट्रपति मागिरहेको जनता समाजवादी पार्टीले शीर्ष नेताहरुसँगको संवादलाई बाक्लो बनाएका छन्।
पुस १० गते भएको सहमतिबमोजिम नेकपा एमालेले राष्ट्रपति पाउनु पर्ने दाबी गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसबाट पन्छिएपछि स्थिति पेचिलो बनिरहेको छ। त्यसैले गठबन्धनमा भइरहेको यही गडबडमा खेलेर अन्य दलले आफ्नो दौडधुप बाक्लो पारेका हुन्।
कांग्रेसनिकट एक नेताका अनुसार अहिले जसपा र एसका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन्।
Facebook Comments Box
