Author: खबरमञ्च
काठमाडौं । मन्त्रिपरिषद् विस्तारअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्। राष्ट्रपति कार्यालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई नियमित भेटघाटका भनेको छ । आजै दिउँसो ३ बजेसम्म नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी भैरहेको छ ।
काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज बिहान ८ बजेदेखि देशभर २ हजार ३७ परीक्षा केन्द्रमा परिक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी भएका छन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो । सबैभन्दा बढि कर्णालीमा ४१ हजार ३ सय २९ परीक्षा केन्द्र रहेको बोर्डले जनाएको छ । कोसीमा ३ सय ७८, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र तय गरिएको…
काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । आज दुई चरणमा बसेको बैठकले भागबण्डा टुंग्याएको हो। बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको बताए। कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा भने कुरा मिल्न नसकेको बताए । सहमतिअनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए । रास्वपा सरकारमा आउन इच्छुक देखिए पनि उनलाई समेटिएको छैन।
काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट पहिलो चरणमा प्रकाश ज्वाला मन्त्री हुने अवसर पाउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले आजै केही मन्त्रीहरु नियुक्त गर्ने भन्दै मन्त्रीको नाम मागेपछि अध्यक्ष माधव नेपाललेे पार्टीको सचिवालय बैठक बोलाएका थिए। आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। तर ज्वाला कुन मन्त्रालय लिएर सरकारमा जाने हुन् भन्नेचैँ खुलेको छैन।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनेर प्रश्न गरेका छन् । मंगलबार मिटरब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता एवम् प्रमुख सचेतक ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको भन्दै लिङ्देनले प्रतिनिधि सभा बैठक यस्तो प्रश्न गरेका हुुन्। ‘एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितहरुसँग ऐक्यवद्धता व्यक्त गर्न जाँदाखेरि सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुव्र्यवहार गर्ने प्रयास गरियो म त्यसको भत्र्सना गर्दछु’ उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजाबादी हुने छुट…
काठमाडौं। सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। बैठक दिउँसो ४ बजे फेरि बस्ने गरि स्थगित भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भागबण्डा टुग्याएर आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ। तर अझै भागबण्डामा सहमती जुटेको छैन्। गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो। हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा दलका नेताहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो। नेताहरुको राय सुझावलाई समेटेर आजको बैठकले त्यसलाई अन्तिम रुप दिने तयारी छ। दलहरुले बढी मन्त्रालयमा दाबी गर्दा प्रधानमन्त्रीलाई मन्त्रालय बाँडफाँडमा सकस भइरहेको छ।
पश्चिम नेपालको पाल्पा जिल्लामा, काली गण्डकीको एउटा किनारमा तानसेन बाट झण्डै ३,००० फिटको गहिराईमा १३ किलोमिटरको दूरीमा एक विशाल चट्टन माथि निर्माण गरिएको छ ‘रानीमहल’…। यो सुन्दर भव्य कलात्मक महल झण्डै एकसय वर्ष पुरानो आफ्नो प्रेमकथा बोकेर उभिइ रहेको छ । मुगल सम्राट शाहजहाँले जसरी आफ्नी प्यारी वेगम मुमताजको स्मृति जीवन्त राख्नका लागि ‘ताजमहल’ बनाउन लगाए, त्यसरी नै खड्ग शम्सेरकी मुमताज हुन् – ‘तेजकुमारी’ र तिनको स्मृतिमा तयार भएको थियो – ‘रानीमहल’ । प्रेमको प्रतिक, नेपालको ताजमहल भनेर चिनिने यो दरबार घुम्न जानेको ताँती लाग्छ। जब ओली त्यहाँ पुगे… नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पाल्पामा छन्। मंगलबार पाल्पा…
काठमाडौं । मन्त्रालयको भागबन्डा टुङ्ग्याउन र सरकारको साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । मंगलबार साँझ बसेको बैठक विनानिष्कर्ष टुङ्गिएपछि बैठक आज बिहान ९ बजेका लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । आजको बैठकमा मन्त्रालय भागबन्डाको विषयमा सहमति जुटाउने शीर्ष नेताहरूको तयारी छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ । प्रचण्डले दुईभन्दा बढी मन्त्रालय दिन नसकिने जवाफ दिएका थिए । त्यस्तै, कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएको बताइएको छ । यद्यपि कुन-कुन मन्त्रालय पाउने भन्नेबारे भने सहमति जुट्न सकेको छैन । …
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् । संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेस गर्ने पहिलो कार्यसूची छ । दोस्रो कार्यसूचीमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ छ । यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्ने छन् । गत पुस २५ गतेदेखि प्रतिनिधि सभाको पहिलो अधिवेशन सुरु भए पनि सरकारले विजनेस दिन सकेको छैन । यो अवधिमा जम्मा तीनवटा विधेयक दर्ता भएका छन् ।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका छन्। प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गर्दै सत्ता गठवन्धनमा सहमति भएपछि यसलाई सार्वजनिक गर्ने भएकाले सबै दलको धारणा माग गरेका छन्। प्रधानमन्त्रीले सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा पेस गरेको र त्यसमा बुधबार फेरि छलफल हुने कांग्रेस नेता रमेश लेखकले बताए।