काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । आज दुई चरणमा बसेको बैठकले भागबण्डा टुंग्याएको हो।
बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको बताए।
कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा भने कुरा मिल्न नसकेको बताए । सहमतिअनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए । रास्वपा सरकारमा आउन इच्छुक देखिए पनि उनलाई समेटिएको छैन।
Facebook Comments Box
