काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट पहिलो चरणमा प्रकाश ज्वाला मन्त्री हुने अवसर पाउने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आजै केही मन्त्रीहरु नियुक्त गर्ने भन्दै मन्त्रीको नाम मागेपछि अध्यक्ष माधव नेपाललेे पार्टीको सचिवालय बैठक बोलाएका थिए।
आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। तर ज्वाला कुन मन्त्रालय लिएर सरकारमा जाने हुन् भन्नेचैँ खुलेको छैन।
Facebook Comments Box
