काठमाडौं । मन्त्रालयको भागबन्डा टुङ्ग्याउन र सरकारको साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ ।
मंगलबार साँझ बसेको बैठक विनानिष्कर्ष टुङ्गिएपछि बैठक आज बिहान ९ बजेका लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
आजको बैठकमा मन्त्रालय भागबन्डाको विषयमा सहमति जुटाउने शीर्ष नेताहरूको तयारी छ ।
सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ ।
प्रचण्डले दुईभन्दा बढी मन्त्रालय दिन नसकिने जवाफ दिएका थिए । त्यस्तै, कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएको बताइएको छ । यद्यपि कुन-कुन मन्त्रालय पाउने भन्नेबारे भने सहमति जुट्न सकेको छैन ।
जसपालगायत साना दलले पनि कुन र कति मन्त्रालय पाउने भन्नेमा सहमति जुट्न बाँकी छ ।
Facebook Comments Box
