काठमाडौं। सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। बैठक दिउँसो ४ बजे फेरि बस्ने गरि स्थगित भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भागबण्डा टुग्याएर आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ। तर अझै भागबण्डामा सहमती जुटेको छैन्।
गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो। हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा दलका नेताहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो। नेताहरुको राय सुझावलाई समेटेर आजको बैठकले त्यसलाई अन्तिम रुप दिने तयारी छ। दलहरुले बढी मन्त्रालयमा दाबी गर्दा प्रधानमन्त्रीलाई मन्त्रालय बाँडफाँडमा सकस भइरहेको छ।
Facebook Comments Box
