काठमाडौं । मन्त्रिपरिषद् विस्तारअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
राष्ट्रपति कार्यालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई नियमित भेटघाटका भनेको छ ।
आजै दिउँसो ३ बजेसम्म नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी भैरहेको छ ।
Facebook Comments Box
