Author: खबरमञ्च

भरतपुर- चितवन जिल्लाको राप्ती नगरपालिका-३, डुडुवामा शनिबार बिहान पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस र विद्युतीय माइक्रोबस (ई-माइक्रोबस) बीच भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। प्रहरीका अनुसार मृतकमा तीन पुरुष र दुई महिला छन्। उनीहरूको परिचय खुल्न बाँकी छ। शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। घाइतेहरूको भरतपुर अस्पताल, नारायणी सामुदायिक अस्पताल (पुरानो मेडिकल कलेज) र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। धनगढीबाट काँकडभिट्टा जाँदै गरेको यात्रुवाहक बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रोबसलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। प्रहरीका अनुसार अधिकांश पीडित माइक्रोबसका यात्रु थिए। प्रारम्भिक अनुसन्धानले तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना…

Read More

भद्रपुर– झापाको भद्रपुर नगरपालिका वडा नं. १० फुलबारी गाउँमा बुधबार साँझ जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्। घाइते हुनेमा सोही स्थानका २१ वर्षीय विशाल सोरेन रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बुधबार राति करिब ७:४५ बजे विशाल कामबाट घर फर्कने क्रममा एउटा जंगली हात्तीले उनलाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट सोरेनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लागेको छ। घटनालगत्तै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याइएको थियो। अस्पताल स्रोतका अनुसार, विशालको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा छन्।

Read More

झापा- २०७५ सालमा झापाको बिर्तामोडमा स्थापित ‘बडी ग्यारेज फिटनेस हाउस’ ले नेपाली युवाहरूलाई शारीरिक सुगठन खेलप्रति उत्प्रेरित गर्ने र नवप्रतिभाको पहिचान गर्ने उद्देश्यले ‘तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता २०८२’ आयोजना गर्ने घोषणा गरेको छ। यो भन्दा अघि प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएको थियो भने यस पटक राष्ट्रियस्तरमा प्रतियोगिता गर्न लागिएको हो। बडी ग्यारेज फिटनेस हाउसले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिता यही भदौ २७ र २८ गते झापाको बिर्तामोडमा सम्पन्न हुने जानकारी दिइयो। प्रतियोगिताको पहिलो दिन प्रि-जजिङ र दोस्रो दिन फाइनल गरी दुई दिनसम्म सञ्चालन हुनेछ। ‘अ प्ले ह्वेर ग्रेट शेप इज एन अथेन्टिक प्यासन’ भन्ने मूल…

Read More

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका हुन् । “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा नरू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत् भने । आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको…

Read More

झापा– अनलाइन सट्टाबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरबाट आमा र छोरीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४१ वर्षीया इन्दिरा प्रसाई र उनकी २१ वर्षीया छोरी सिम्रन प्रसाई रहेका छन्। गएराति करिब २:३० बजे कन्काई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरमा अनलाइन सट्टाबाजी खेलिँदै/खेलाइँदै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठका अनुसार, उनीहरूको साथबाट ५ थान मोबाइल, २ थान ट्याब र एउटा ल्यापटप बरामद भएको छ। आमा-छोरीले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका…

Read More

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ हुने हल्ला निराधार रहेको बताएका छन्। उनले लोडसेडिङको चर्चा सामाजिक सञ्जालमा फैलिएको हल्ला मात्रै भएको दाबी गरेका हुन्। बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले बजारमा आएका हल्लाहरू सस्तो लोकप्रियताका लागि भएको बताए। उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने स्पष्ट पारे। मन्त्री खड्काका अनुसार, बेलाबेलामा हुने विद्युत विच्छेद आजको मात्रै समस्या नभएर विगतका वर्षहरूमा पनि यस्तो अवस्था आएको थियो। उनले गत वर्ष पनि विभिन्न कारणले करिब ७०० घण्टासम्म विद्युत आपूर्तिमा समस्या आएको तथ्यांक प्रस्तुत गरे। हावाहुरी, ठूला पोल ढल्नु, मानवीय त्रुटि, पानी तथा असिनाका कारण पनि…

Read More

झापा– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज (बुधबार) सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गरेसँगै उनले राष्ट्र बैंकमा आफ्नो पदभार सम्हालेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिएका छन्। सरकारले डा. विश्वनाथ पौडेललाई मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेको थियो। मन्त्रिपरिषद्बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक प्रावधान रहेको छ। डा. पौडेलको नियुक्तिसँगै अब राष्ट्र बैंकको नेतृत्व उनले सम्हालेका छन्। उनको कार्यकालमा नेपालको अर्थतन्त्र र मौद्रिक नीतिमा कस्तो प्रभाव पर्छ भन्नेबारे चासोका साथ हेरिएको छ।

Read More

झापा– झापाको हल्दिबारी गाउँपालिका अब काठेपुलमुक्त बन्ने अभियानमा निकै अघि बढेको छ। दुई वर्षअघि शिलान्यास गरिएका तीनवटा पुलमध्ये भुतेनी खोलामा बनेको पक्की पुलको आज उद्घाटन भएको छ। यो पुल निर्माणसँगै गाउँपालिकाको विकासमा महत्वपूर्ण कोसेढुङ्गा थपिएको छ। हल्दिबारी गाउँपालिकाको वडा नम्बर ५ र १ लाई जोड्ने भुतेनी खोलाको यो पक्की पुलको लागत रु. २ करोड ३० लाख रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) का अनुसार, २०७९ कात्तिक ७ गते सम्झौता भएको यो पुल २ वर्षको निर्माण अवधिभन्दा ५ महिनाअघि नै सम्पन्न भएको हो। ४२.७ मिटर लामो र ७.२ मिटर चौडा यो पुल सारा सृष्टि निर्माण सेवा प्रा. लि.…

Read More

बिर्तामोड- बिर्तामोड नगरपालिका वडा नम्बर ९ को आयोजनामा प्रथम वडास्तरीय भलिबल प्रतियोगिता २०८२ जेठ ३ र ४ गते दुर्गा माध्यमिक विद्यालयको खेल मैदानमा हुने भएको छ। वडा खेलकुद विकास समिति बिर्तामोड ९ ले आयोजना गर्ने यस प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वटै वडाका १० टिमको सहभागिता रहनेछ। नगर खेलकुद विकास समिति, बिर्तामोड नगरपालिका प्रतियोगिताको सहआयोजक रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमले ३१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले २१ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ। आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले प्रतियोगितालाई सफल बनाउन सबैलाई अनुरोध गरेका छन्। प्रतियोगिताको अनुमानित लागत ५ लाख ३२ हजार २ सय…

Read More

झापा- महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनअनुसार झापाका गाउँपालिकामध्ये कचनकबल गाउँपालिकाको बेरुजु सबैभन्दा धेरै देखिएको छ भने बाह्रदशी गाउँपालिका सबैभन्दा कम बेरुजु भएको पालिकाको रूपमा उल्लेख भएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा कचनकबल गाउँपालिकाको बेरुजु रु ६ करोड ४३ लाख १ हजार रुपैयाँ पुगेको छ। यो कुल कारोबारको ४ दशमलब ५१ प्रतिशत हो। त्यस्तै, बुद्धशान्ति गाउँपालिकाको बेरुजु रु ६ करोड ४४ लाख ७२ हजार (४.१०%), हल्दिबारीको रु ४ करोड ३७ लाख ३४ हजार (३.२१%), कमल गाउँपालिकाको रु ३ करोड ७७ लाख ३८ हजार (१.९३%), र झापा गाउँपालिकाको बेरुजु रु १ करोड १५ लाख ३१ हजार (१.०२%)…

Read More