भरतपुर- चितवन जिल्लाको राप्ती नगरपालिका-३, डुडुवामा शनिबार बिहान पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस र विद्युतीय माइक्रोबस (ई-माइक्रोबस) बीच भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मृतकमा तीन पुरुष र दुई महिला छन्। उनीहरूको परिचय खुल्न बाँकी छ। शवहरू भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
घाइतेहरूको भरतपुर अस्पताल, नारायणी सामुदायिक अस्पताल (पुरानो मेडिकल कलेज) र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
धनगढीबाट काँकडभिट्टा जाँदै गरेको यात्रुवाहक बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रोबसलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। प्रहरीका अनुसार अधिकांश पीडित माइक्रोबसका यात्रु थिए।
प्रारम्भिक अनुसन्धानले तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुन सक्ने देखाएको छ।
Facebook Comments Box
