झापा- महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनअनुसार झापाका गाउँपालिकामध्ये कचनकबल गाउँपालिकाको बेरुजु सबैभन्दा धेरै देखिएको छ भने बाह्रदशी गाउँपालिका सबैभन्दा कम बेरुजु भएको पालिकाको रूपमा उल्लेख भएको छ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा कचनकबल गाउँपालिकाको बेरुजु रु ६ करोड ४३ लाख १ हजार रुपैयाँ पुगेको छ। यो कुल कारोबारको ४ दशमलब ५१ प्रतिशत हो।
त्यस्तै, बुद्धशान्ति गाउँपालिकाको बेरुजु रु ६ करोड ४४ लाख ७२ हजार (४.१०%), हल्दिबारीको रु ४ करोड ३७ लाख ३४ हजार (३.२१%), कमल गाउँपालिकाको रु ३ करोड ७७ लाख ३८ हजार (१.९३%), र झापा गाउँपालिकाको बेरुजु रु १ करोड १५ लाख ३१ हजार (१.०२%) देखिएको छ।
गौरीगञ्ज गाउँपालिकामा रु १ करोड ९६ लाख ३७ हजार (१.५२%) बेरुजु देखिएको छ।
बाह्रदशी गाउँपालिकाको भने बेरुजु सबैभन्दा कम मात्र रु ७५ लाख ६ हजार, अर्थात ० दशमलब ६२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार, नमिलेको कारोवार, प्रमाण नपुगेको लेखा वा असूलउपर गर्नुपर्ने रकमहरू बेरुजुमा गनिन्छ।
