बिर्तामोड- बिर्तामोड नगरपालिका वडा नम्बर ९ को आयोजनामा प्रथम वडास्तरीय भलिबल प्रतियोगिता २०८२ जेठ ३ र ४ गते दुर्गा माध्यमिक विद्यालयको खेल मैदानमा हुने भएको छ।
वडा खेलकुद विकास समिति बिर्तामोड ९ ले आयोजना गर्ने यस प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वटै वडाका १० टिमको सहभागिता रहनेछ। नगर खेलकुद विकास समिति, बिर्तामोड नगरपालिका प्रतियोगिताको सहआयोजक रहेको छ।
प्रतियोगितामा प्रथम हुने टिमले ३१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले २१ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ।
आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले प्रतियोगितालाई सफल बनाउन सबैलाई अनुरोध गरेका छन्। प्रतियोगिताको अनुमानित लागत ५ लाख ३२ हजार २ सय रुपैयाँ रहेको आयोजकले जनाएको छ।
Facebook Comments Box
