भद्रपुर– झापाको भद्रपुर नगरपालिका वडा नं. १० फुलबारी गाउँमा बुधबार साँझ जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।
घाइते हुनेमा सोही स्थानका २१ वर्षीय विशाल सोरेन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बुधबार राति करिब ७:४५ बजे विशाल कामबाट घर फर्कने क्रममा एउटा जंगली हात्तीले उनलाई आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट सोरेनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लागेको छ।
घटनालगत्तै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याइएको थियो। अस्पताल स्रोतका अनुसार, विशालको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा छन्।
Facebook Comments Box
