झापा– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज (बुधबार) सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण गरेसँगै उनले राष्ट्र बैंकमा आफ्नो पदभार सम्हालेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिएका छन्।
सरकारले डा. विश्वनाथ पौडेललाई मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेको थियो। मन्त्रिपरिषद्बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक प्रावधान रहेको छ।
डा. पौडेलको नियुक्तिसँगै अब राष्ट्र बैंकको नेतृत्व उनले सम्हालेका छन्। उनको कार्यकालमा नेपालको अर्थतन्त्र र मौद्रिक नीतिमा कस्तो प्रभाव पर्छ भन्नेबारे चासोका साथ हेरिएको छ।
Facebook Comments Box
