Author: खबरमञ्च

झापा- आइतबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण पाँचथरको हेँवा खोलामा बाढी आएपछि मेची राजमार्गको यातायात अवरुद्ध भएको छ। खोलामा आएको बाढीले डाइभर्सन संरचना क्षति पु‍र्‍याएकोले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशलकुमार बुढाथोकीले जानकारी दिएका छन्। त्यस्तै, तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सीमास्थित नावा खोलामा पनि बाढी आएपछि यो मार्ग हुँदै चल्ने सवारी र मालवाहन सेवा समेत प्रभावित भएको उनले बताए। प्रहरीका अनुसार आइतबार मध्यरातदेखि दुवै सडक पूर्णरूपमा बन्द छन्। यसअघि पनि हेँवा खोलामा निर्माण गरिएको स्थायी र अस्थायी संरचना (पुल र बेलिब्रिज) पटक–पटक बाढीले बगाएपछि हाल डाइभर्सनमार्फत मात्र सवारी सञ्चालन हुँदै आएको थियो। पाँचथर सहित…

Read More

झापा – झापाको मेचीनगरमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यो घटना हिजो साँझ ७:३० बजे मेचीनगर–१२, सहरेडाँगीस्थित मेची राजमार्गमा भएको थियो। इलामबाट चारआलीतर्फ आउँदै गरेको मे.१ च. ६१३१ नम्बरको स्कोरपियोले एकजना पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, सो स्कोरपियो र त्यसका चालक झापा हल्दीवारी–१ बस्ने ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ। स्कोरपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृतकको अझै पहिचान खुलेको छैन। अन्दाजी ४५–४६ वर्षका ती पुरुष गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित…

Read More

झापा – झापाको दमकमा घरअगाडि पिसाब फेरेको निहुँमा भएको विवादले उग्र रूप लिँदा तीन जना घाइते भएका छन्। यो घटना गए राति १०:३० बजे दमक–२ मा भएको हो। दमक–२ बस्ने समिर तामाङको घरअगाडि दमक–३ बस्ने २६ वर्षीय सुरज क्षेत्री, १८ वर्षीय आदित्य लिम्बू लगायत ३–४ जना हावा खाँदै बसिरहेका थिए। सोही क्रममा को.१ ज ३५६५ नम्बरको म्याजिकमा आएका चालक दमक–३ बस्ने ३६ वर्षीय निरज बानिया लगायतका युवाहरूले घरअगाडि पिसाब फेरेपछि विवाद सुरु भएको थियो। हावा खाँदै बसिरहेका मानिसहरूलाई अपशब्द प्रयोग गरेपछि विवादले झन् ठूलो रूप लिएको थियो। विवाद बढ्दै गएर कुटपिटमा परिणत हुँदा सुरज क्षेत्री, आदित्य लिम्बू र निरज बानिया…

Read More

झापा- मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ । सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल तीन सय ५० मिटर लामो र पाँच फिट चौडाइको रहेको छ । पुलले उक्त वडाको सदरमुकाम विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ । उक्त स्थानमा कुनै पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा रहेको पूर्वपश्चिम राजमार्ग वा त्यति नै दुरीमा रहेको भद्रपुरको घुमाउरो बाटो धाउन बाध्य थिए । पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच २०७९ असारमा सम्झौता भएको थियो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र कोशी…

Read More

इलाम – इलामको माइजोगमाई गाउँपालिका–२, लोसेका बासिन्दा विगत एक महिनादेखि चितुवाको आतंकले त्रसित बनेका छन्। चितुवाले गाउँका किसानका पशुचौपायामाथि आक्रमण गर्न थालेपछि उनीहरू समस्यामा परेका हुन्। लोसेका पशुपालक शेरबहादुर गुरुङले चितुवाको डरले चार दिनदेखि निद्रा नलागेको बताए। गए राति गुरुङको खोरभित्रै पसेर चितुवाले माउ बाख्रा मारेको थियो। यस्तै, केही दिनअघि पनि लोसेमै चितुवाले खोरभित्रै पसेर तीनवटा बाख्रा खाएको पशु प्राविधिक रबिन गुरुङले जानकारी दिए। “चितुवा खोरमै पसेर खसीबाख्रा लाने भएपछि, गाउँलेलाई रात कटाउनै मुस्किल भएको छ,” उनले भने। चितुवाको उपद्रो लोसेसम्म मात्र सीमित छैन। शनिबार राति माइजोगमाई–२, मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको खोरमा पनि बाख्रा मरेका छन्। एकपछि…

Read More

झापा- न्यून बर्षाका कारण गत वर्षको तुलनामा यस वर्ष झापामा धान रोपाइँ गर्न ढिलाइ भएको छ। पर्याप्त वर्षा नहुँदा साउन ११ सम्ममा ८१.६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ, जसका कारण १३ हजार ९८५ हेक्टर जमिन अझै बाँझै रहेको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार आजसम्म ६१ हजार ५७४.६९ हेक्टरमा रोपाइँ भएको छ। गत वर्ष यसै अवधिसम्म ९२.४ प्रतिशत रोपाइँ सकिएको थियो। वर्षाको अभावमा धेरै किसानहरूले रोपाइँ गर्न नसकेको विष्टले बताए। जिल्लामा कुल ९८ हजार ७१६ हेक्टर खेतीयोग्य जमिनमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुँदै आएको छ। झापाको कुल भूभागको ५०.५३ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको…

Read More

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। देशभर अघोषित लोडसेडिङ गरिरहेको प्राधिकरणले अब भने तालिका नै सार्वजनिक गरेर लोडसेडिङ हुने जानकारी गराएको हो। प्राधिकरणले सुरुमा चितवनदेखि लोडसेडिङको तालिका सार्वजनिक गरेको हो। अब चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ हुनेछ। अब चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुने भएको हो। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको हो। अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको तर्क प्राधिकरणको छ।  चनौली वितरण केन्द्रले नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ हुने जानकारी दिएको छ। नेपाल विद्युत…

Read More

झापा- चार दिनदेखि हराइरहेका झापा गाउँपालिका-१ का ८१ वर्षीय भीमबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् । साउन ७ गते बिहानदेखि हराइरहेका उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हराइरहेका उनी खोजतलास गर्ने क्रममा सानो माई खोलाको पुलदेखि करिब २०० मिटर दक्षिणतर्फ खोलाको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका हुन्। घटनाको जानकारी पाएलगत्तै अनुसन्धान तथा कानुनी प्रकृयाका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । कानुनी प्रकृया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Read More

अमेरिका- अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यात्रुवाहक शनिबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।  ल्यान्डिङ गियरमा समस्या आएपछि अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकिएको थियो। मियामी जाँदै गरेको विमानको पछाडिको भागमा आगो लागेको हो। यो घटना अमेरिकाको समय अनुसार दिउँसो २:४५ बजे भएको थियो। विमानमा जम्मा १७३ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। सबैलाई आपतकालीन स्लाइडहरू मार्फत बाहिर निकालिएको थियो। दुर्घटनापछि ६ जनालाई सामान्य चोटपटक लागेको छ, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) र एयरलाइन्सले यस विषयमा अनुसन्धान सुरु गरेका छन्। जुन १२ मा अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको…

Read More

काठमाडौं ‍- नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सिटौलाले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको बताएका हुन् । उनले भने , ‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो ।’ राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलाले सरकारको वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन नसकेपनि यसको विकल्प नरहेको बताए ।

Read More