अमेरिका- अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यात्रुवाहक शनिबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
ल्यान्डिङ गियरमा समस्या आएपछि अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको उडान रोकिएको थियो। मियामी जाँदै गरेको विमानको पछाडिको भागमा आगो लागेको हो।
यो घटना अमेरिकाको समय अनुसार दिउँसो २:४५ बजे भएको थियो। विमानमा जम्मा १७३ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। सबैलाई आपतकालीन स्लाइडहरू मार्फत बाहिर निकालिएको थियो।
दुर्घटनापछि ६ जनालाई सामान्य चोटपटक लागेको छ, जसमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) र एयरलाइन्सले यस विषयमा अनुसन्धान सुरु गरेका छन्।
जुन १२ मा अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमान बोइङ कम्पनीकै थियो। बोइङ ७८७-८ विमान उडान भरेको दुई मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा २७० जनाको मृत्यु भएको थियो।
अमेरिकन एयरलाइन्सले टायरमा खराबी रहेकोले विमानलाई सेवा बाहिर राखिएको छ। आगो निभाइसकिएको र मियामी गन्तव्यका यात्रुका लागि नयाँ विमान पठाइएको जानकारी दिएको छ । यस घटनाका कारण दिउँसो २ बजेदेखि ३ बजेसम्म ८७ उडानहरू प्रभावित भएका थिए ।
