झापा- आइतबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण पाँचथरको हेँवा खोलामा बाढी आएपछि मेची राजमार्गको यातायात अवरुद्ध भएको छ।
खोलामा आएको बाढीले डाइभर्सन संरचना क्षति पुर्याएकोले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशलकुमार बुढाथोकीले जानकारी दिएका छन्।
त्यस्तै, तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सीमास्थित नावा खोलामा पनि बाढी आएपछि यो मार्ग हुँदै चल्ने सवारी र मालवाहन सेवा समेत प्रभावित भएको उनले बताए।
प्रहरीका अनुसार आइतबार मध्यरातदेखि दुवै सडक पूर्णरूपमा बन्द छन्। यसअघि पनि हेँवा खोलामा निर्माण गरिएको स्थायी र अस्थायी संरचना (पुल र बेलिब्रिज) पटक–पटक बाढीले बगाएपछि हाल डाइभर्सनमार्फत मात्र सवारी सञ्चालन हुँदै आएको थियो।
पाँचथर सहित अन्य पहाडी जिल्लामा आइतबार अपराह्नदेखि लगातार वर्षा जारी छ।
Facebook Comments Box
