झापा- चार दिनदेखि हराइरहेका झापा गाउँपालिका-१ का ८१ वर्षीय भीमबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् ।
साउन ७ गते बिहानदेखि हराइरहेका उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हराइरहेका उनी खोजतलास गर्ने क्रममा सानो माई खोलाको पुलदेखि करिब २०० मिटर दक्षिणतर्फ खोलाको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका हुन्।
घटनाको जानकारी पाएलगत्तै अनुसन्धान तथा कानुनी प्रकृयाका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । कानुनी प्रकृया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments Box
