काठमाडौं - नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सिटौलाले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको बताएका हुन् ।
उनले भने , ‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो ।’
राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलाले सरकारको वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन नसकेपनि यसको विकल्प नरहेको बताए ।
Facebook Comments Box
