Author: खबरमञ्च

झापा- झापाको बिर्तामोड–६, बुट्टावारीमा रहेको एक चिया पसलमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। गएराति करिब ११:५५ बजे सोही ठाउँका लालबहादुर तामाङले सञ्चालन गरेको काठ, बाँस र टिनको छानो भएको चिया पसलमा आगलागी भएको हो। प्रहरीका अनुसार विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ। आगलागीका कारण पसलमा रहेका काठ र प्लास्टिकका टेबल, फ्रिज र किचनका अन्य सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रहरी, स्थानीय बासिन्दा र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति १:२५ बजे आगो पूर्ण नियन्त्रणमा आएको थियो।

Read More

झापा- झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन्। मंगलबार बिहान करिब ८ बजे पूर्वपश्चिम लोकमार्ग अन्तर्गत दमकको पशुहाट नजिकै दमकबाट पाडाजुँगीतर्फ गइरहेको प्र१-०२-००२ ख०९१२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र१-०१-०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कमल गाउँपालिका–५ बस्ने ४२ वर्षीया मुना गौतमको घटनास्थलमा नै मृत्यु भएको हो। मोटरसाइकल चालक उनका श्रीमान ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन्। उनको बायाँ खुट्टामा सामान्य चोट लागेको छ र उपचारका लागि दमक अस्पताल पठाइएको छ। इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाको कमान्डमा खटिएको टोलीले…

Read More

झापा- झापाको दमकमा आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेकी ३० वर्षीया शोभाकुमारी साहको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार राति बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उनको निधन भएको दमक प्रहरीले पुष्टि गरेको छ। दमक नगरपालिका-१, भानुभक्त चोककी मनोज साहकी श्रीमती शोभाले हिजो दिउँसो करिब ४:३० बजे आफ्नो तीनतले घरको दोस्रो तलामा रहेको कोठाको ढोका थुनेर शरीरमा आगो लगाएकी थिइन्। सामान्य उपचारपछि दमक अस्पतालले उनलाई धरान रिफर गरेको थियो, तर त्यहाँ चिकित्सक उपलब्ध नभएपछि पुनः बीएण्डसी अस्पताल ल्याइएको थियो। करीब एक महिनाअघि छोरीसहित बेपत्ता भएकी शोभाकुमारी हिजो मात्र घर फर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। मनोजकी कान्छी श्रीमती शोभा र मनोजबीच…

Read More

झापा- झापाको दमकमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन्। सोमबार दिउँसो करिब ४:३० बजे दमक नगरपालिका-१, भानुभक्त चोककी ३० वर्षीया शोभा साहले आफ्नै घरको दोस्रो तलामा रहेको कोठाको ढोका थुनेर शरीरमा पेट्रोल छर्की आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीबाट गम्भीर घाइते भएकी साहलाई तत्काल दमक अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Read More

फिक्कल (इलाम)- इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला र केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो । जोगमाई खोलामा रु एक करोड ९१ लाख २१ हजार ६३२ को लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो भने पुवाखोलाखमा रु एक करोड ४३ लाख ७६ हजार २९७…

Read More

बनियानी (झापा)- झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए। “शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ”, उनले भने, “एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी…

Read More

झापा- झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २, राम चोकस्थित एक ग्यारेजमा विद्युत सर्ट भई आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। गत साउन ३० गते राति करिब ११:१५ बजे यदुनाथ मिश्रले सञ्चालन गरेको सवारी साधन मर्मत गर्ने ग्यारेजमा अचानक आगलागी भएको थियो। आगलागीका कारण ग्यारेज पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै, इन्जिन बनाउने ६ वटा मेसिन र मर्मतका लागि ल्याइएका ६/७ वटा विभिन्न सवारी साधनका इन्जिनहरू पनि जलेका छन्। सोही ग्यारेजमा मर्मतका लागि ल्याइएको मे १ क ६४४ नम्बरको टिपरको अगाडिको भागमा समेत सामान्य क्षति पुगेको छ। बिर्तामोड र भद्रपुर नगरपालिकाको एक-एक गरी दुईवटा दमकल, स्थानीय…

Read More

झापा- सुनसरी कारागारबाट पर्खाल नाघेर भागेका एक कैदी झापाबाट पक्राउ परेका छन्। जबर्जस्ती करणीको कसूरमा सजाय भोगिरहेका २८ वर्षीय रुपक पौडेललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, झापाबाट खटिएको प्रहरी टोलीले खोजतलाशकै क्रममा बिर्तामोड नगरपालिका–१०, विराटपोखरबाट लुकिछिपी बसिरहेको अवस्थामा उनलाई आज बिहान ६ बजे पक्राउ गरेको हो। पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट फरार भएका थिए। उनलाई सम्मानित जिल्ला अदालत, सुनसरीले जबर्जस्ती करणीको कसूरमा १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय तोकेको थियो। पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Read More

झापा- झापाको बाह्रदशी गाउँपालिका–५, कालिदास टोलकी १५ वर्षीया झरना राजवंशीको पानीमा डुबेर मृत्यु भएको छ। उनी सोही ठाउँमा रहेको गौरी शंकर माध्यमिक विद्यालय, डाँगिबारीमा कक्षा १० मा अध्ययनरत थिइन्। हिजो दिउँसो करिब ३ बजेको समयमा उनी आफ्ना ७-८ जना साथीहरूसँग विद्यालयबाट घाघरा खोलामा पौडी खेल्न गएकी थिइन्। पानीको बहाव बढी भएकाले पौडी खेल्ने क्रममा उनी घुमाउने दहमा परेर डुबेकी थिइन्। स्थानीयले खोजी गर्ने क्रममा उनी खोलाबाट करिब ३० मिटर दक्षिण झाडीमा अड्किएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको जानकारी पाएपछि अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय, अनारमनीबाट प्रहरी टोली खटाइएको छ।

Read More

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने र करको दायरामा आउनुपर्ने बताएका छन्। आइसिटी फाउण्डेशनले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा बोल्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, “सूचना प्रविधिसँग सम्बन्धित रहेर नेपालमा हुने सबै कारोबार नेपाल सरकारले थाहा पाउनुपर्छ। नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले कानुनअनुसार दायित्व पूरा गर्नुपर्छ र कर तिरेको हुनुपर्छ।” उनले सरकार सूचना प्रविधिको विकासका लागि प्रतिबद्ध रहेको र जनताको हितमा यसको प्रयोग गरिने उल्लेख गरे। साथै, उनले…

Read More