झापा- झापाको बिर्तामोड–६, बुट्टावारीमा रहेको एक चिया पसलमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।
गएराति करिब ११:५५ बजे सोही ठाउँका लालबहादुर तामाङले सञ्चालन गरेको काठ, बाँस र टिनको छानो भएको चिया पसलमा आगलागी भएको हो। प्रहरीका अनुसार विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।
आगलागीका कारण पसलमा रहेका काठ र प्लास्टिकका टेबल, फ्रिज र किचनका अन्य सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
प्रहरी, स्थानीय बासिन्दा र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति १:२५ बजे आगो पूर्ण नियन्त्रणमा आएको थियो।
Facebook Comments Box
